दाङ । लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङको देउखुरी आइपुगेका छन्।
मुख्यमन्त्री चेतनरायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन्। नेपाली सेनाको एनए ०६७ हेलिकप्टरमार्फत उनी यहाँ आएका हुन्।
आज बस्ने प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्वोधन गर्दैछन्।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्वोधनका लागि निमन्त्रण गरेका थिए।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम ९२० बमोजिम निमन्त्रणा गरिएको थियो। यसअघि २०७५ साल वैशाख १६ गते तत्कालिन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्वोधन गरेका थिए।
प्रदेशसभाको बैठकलाई विशेष सम्वोधनपछि घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ।




