काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईं हिटलर हो’ भन्दै प्रश्न सोधिएकोप्रति नेकपा एमालेका सांसद सूर्य थापाले आपत्ति जनाएका छन्।
आइतबारको संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले ओलीलाई ‘तपाईं हिटलर हो’ भन्दै गरेको प्रश्नप्रति थापाले सोमबारको संसद् बैठकमा आपत्ति जनाएका हुन्।
थापाले नेपालको संविधानले बनाएको व्यक्ति ‘को हिटलर हुन्छ’ भन्दै प्रश्न पनि गरे।
उनले संसद्मा प्रवेश गर्ने संञ्चारकर्मीले कानुनको पालना नगरेको आरोपसमेत लगाएका छन्।




