२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लुम्बिनी प्रदेश पूण्य भूमि : प्रधानमन्त्री ओली

लुम्बिनी प्रदेश पूण्य भूमि : प्रधानमन्त्री ओली

रानीमहललाई कालिगण्डकी नदीको कटानले जोखिममा पारेकाले तत्काल सुरक्षित बनाउने काम गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेश पूण्य भूमि : प्रधानमन्त्री ओली

लुम्बिनी प्रदेश पूण्य भूमि : प्रधानमन्त्री ओली

रानीमहललाई कालिगण्डकी नदीको कटानले जोखिममा पारेकाले तत्काल सुरक्षित बनाउने काम गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेश पूण्य भूमि : प्रधानमन्त्री ओली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेश पूण्य भूमि भएको बताएका छन् । लुम्बिनी प्रदेश सभा वैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशमा थुप्रै ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदा रहेको उदाहरण दिंदै लुम्बिनी प्रदेश नै पवित्र भएको बताए ।  लुम्बिनी प्रदेश हिमाल, पहाड र तराई मिलेर बनेको हुंदा पर्यटनका लागि समेत अनेक तिर्थस्थल र प्राकृतिक सौदन्र्यले भरिपूर्ण रहेको चर्चा गरे । 

    ‘यो प्रदेश अन्त्यन्त पवित्र छ । किन भने पूर्वमा नारायणी, पश्चिममा कर्णाली नदी छ। अन्त्यन्तै प्रतिष्ठित धार्मिक र पूण्य स्थलहरू छन्’– उनले भने–‘विश्व शान्ति र करुणा फैलाउने भगवान बुद्धको जन्म थलो हो यो । यही भूमिमा भगवान बुद्ध अगाडि कपिलमूनी नामका महान विद्वान दार्शनिक थिए । कपिल आश्रम यसै ठाउँमा छ । लुम्बिनी, रामनगर यस ठाउँमा छ ।’ 

    लुम्बिनीमा रानीमहल उनले यस्ता थुप्रै पर्यटकीय स्थल पनि भएको बताए । प्रधानमन्त्री ओलीले स्वर्गद्वारी, श्रृंग ऋषिको आश्रम रुरु (रिडी), मान्डव्य ऋषिको तपोभूमि,  रेसुंगा, गजेन्द्र मोक्षधाम, अष्टाङ्ग योग र पतन्जलीको भूमि खिदिम, भगवान विष्णुको क्रिडास्थल त्रिवेणी,पाणिनी लगायत धार्मिक स्थान लुम्बिनी प्रदेशमै रहेको चर्चा गरे । प्रधानमन्त्री ओलीले रानीमहललाई कालिगण्डकी नदीको कटानले जोखिममा पारेकाले तत्काल सुरक्षित बनाउने काम गर्न आग्रह गरे । 


    प्रधानमन्त्रीले अंग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्ला र कर्णेल उजिरसिंह थापाको समेत प्रसंग निकाल्दै लुम्बिनी प्रदेश बहादुरहरुको भूमि भएको बताए ।   

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij