बुटवल ।आज संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ ।
प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै, उद्योग तथा व्याणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।




