२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

काशीलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह

काशीलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह

काशीलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह

काशीलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह

काशीलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • भैरहवा ।  रुपन्देहीको भैरहवामा अवस्थित काशी नोबल एकेडमीले प्रारम्भिक चरणमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र ‘आईएसओ चिन्ह’ प्राप्त गरेको छ । विश्वासिलो, आधुनिक र सहज शिक्षा सेवा प्रदान गरेर विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाएको हो । बुधबार एक कार्यक्रमका बिच एकेडेमीलाई अन्र्तराष्ट्रिय गुणस्तर चिन्हको लोगो प्रदान गरिएको छ ।

    अन्तराष्ट्रिय गुणस्तर प्रमाणीकरणसंस्थाको दक्षिण एशिया हेर्ने संस्था ग्लोबल क्वालिटी काउन्सिलले नेपालका लागि सहजीकरण गर्दै आएको छ । नेपालका प्रतिनिधी सुदिप शर्माले काशी नोबल एकेडेमीले आफ्नो शैक्षिक गुणस्तर निरन्तर कायम राखेको र आवश्यक सूचकहरु पुरा गरेको हुदा प्रारम्भिक चरणमा आईएसओ चिन्ह प्रदान गरिएको बताए । उनले यसको ५० बढी सूचक रहेको विद्यालयले यसलाई एक वर्ष भित्र पुरा गर्ने गरि गुणस्तर चिन्ह प्रदान गरिएको बताए ।

    विश्वमा ४ करोड संस्था आइएसओ प्राप्त छन भने नेपालमा १४ सय बढि आबद्ध भई प्रमाणिकरण पाएका छन भने केही प्रक्रियामा रहेको बताए । धेरै सूचकहरु रहेको गुाण्स्तर प्रमाणिकरणका लागि मापदण्डमा रहनु पर्छ ।  उनले अन्र्तराष्ट्रिय गुणस्तर प्रमाणीकरणको पहिलो चरण भएकोले यसलाई कायम राख्न शिक्षक कर्मचारी संगै अभिभावकहरुको भूमिका पनि महत्पवूर्ण हुने बताए ।

    उनले आईएसओले काशीलाई यस क्षेत्रको उत्कृष्ट विद्यालयको रुपमा स्थापित गरेको बताए । उनले अन्यको तुलनामा विद्यालयको प्रशासन उत्कृष्ट रहेको प्रमाणित गर्न तथा विद्यालयले प्रदान गरिरहेका सेवाहरु अरुका भन्दा फरक र सेवाग्राहीहरु प्रति संवेदनशील रहि गुणस्तरिय सेवा प्रदान गर्ने विषय आईएसओले प्रमाणित गर्ने ग्लोबल क्वालिटी काउन्सिलका प्रतिनिधी शर्माले बताए । 

    शर्माले उक्त विद्यालयले अधिकांश मापदण्ड पूरा गरेको र अबको अबधिमा बाँकी मापदण्ड विद्यालयका सबै मिलेर आ–आफनो तह र तब्काबाट जिम्मेवारी पूरा गर्नु पर्ने बताए ।

    विद्यालयको नेतृत्व, अभिलेखीकरण र सबल, चुस्त व्यवस्थापन, सेवाग्राहीसँगको व्यवहार र सेवा सुविधा तथा सन्तुष्टि, सरेकारवाला निकायसँगको सम्बन्ध र समन्वय, कर्मचारीहरु बीच कामको बातावरण लगायतका काम कार्यालयले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप सेवा प्रवाह गरेकामा अन्तर्राष्ट्रिय गुणस्तर संगठनले उक्त चिन्ह प्रदान गर्छ । 

    उत्कृष्ट विद्यालयहरूलाई प्रदान गरिने अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरचिन्ह ‘आईएसओ’ सर्टिफिकेट प्राप्त गर्ने सिद्धार्थनगर नगरकालीकाको पहिलो विद्यालय काशी नोवेल एकेडेमी बनेको छ ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम जैसी, प्रधानाध्यापक राजेन्द्र घिमिरेलाई नेपाल आइएसओका नेपाल प्रतिनिधि सुदिप शर्माले उक्त लोगो हस्तान्तरण गरेका हुन् ।

    समारोहमा प्रमुख अतिथि तथो जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले आइएसओ सर्टिफिकेट प्रात गरेकोमा काशी नोवेल एकेडेमीलाई बधाई दिदै उनले गुणस्तरिय शैक्षिक बाटो कायम गर्दै विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नुमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

    उनले गुणस्तरि चिन्ह पाएर मात्र नभई अबको दिनमा यसलाई कायम राख्न पनि विद्यालयले असल व्यवस्थापनमा जोड दिनु पर्ने बताए । उनले नेपालको शैक्षिक उन्नयनमा संस्थागत विद्यालयहरुले महत्वपूर्ण साझेदारी गरेको बताउदै यसमा काशी नोबलको योगदान पनि उच्च रहेको बताए । 

    आइएसओ २१००१ शैक्षिक संस्थाहरूका लागि अन्तर्राष्ट्रिय मानक हो, जसले शैक्षिक संस्थाहरूमा सिक्ने र सिकाउने माध्यमहरूका लागि मार्गनिर्देश गर्दछ ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ जनकपथस्थित काशी नोबल एकेडेमी २०५२ सालमा स्थापना भएको थियो । त्यस यता यो विद्यालयले लगातार गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । हाल विद्यालयमा १ हजार ५ सय ४३ जना विद्यार्थीहरु र १ सय १७ जना शिक्षक तथा कर्मचारीहरु रहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र घिमिरेले जानकारी दिए । 

    घिमिरेले भने, “गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको काशी नोबल एकेडेमीले विद्यार्थी चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापलाई जोड दिएको छ । विद्यालयमा सुविधासम्पन्न पुस्तकालय, कम्प्युटर सुविधा, यातायात सुविधा, अतिरिक्त क्रियाकलापको व्यवस्था रहेको उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij