२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कांग्रेस–माओवादीले सकेसम्म हामीलाई उपयोग गरे : नेपाल

कांग्रेस–माओवादीले सकेसम्म हामीलाई उपयोग गरे : नेपाल

कांग्रेस–माओवादीले सकेसम्म हामीलाई उपयोग गरे : नेपाल

कांग्रेस–माओवादीले सकेसम्म हामीलाई उपयोग गरे : नेपाल

कांग्रेस–माओवादीले सकेसम्म हामीलाई उपयोग गरे : नेपाल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् पुनर्स्थापनापछि बनेको सरकारका सहयात्रीहरूले आफूहरूलाई उपयोग गरेको बताएका छन् ।

    आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तात्कालीक कार्ययोजना स् आन्दोलनद्वारा पार्टी निर्माण’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्दै नेपालले यस्तो बताएका हुन् ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतले त्यसलाई उल्टाउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । त्यसरी बनेको सत्ता गठबन्धनकै दलहरूले आफूहरू सकेसम्म उपयोग गरेको नेपालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

    प्रतिनिधिसभा पुनर्स्थापनामा ऐतिहासिक भूमिका निर्वाह गरे पनि त्यसको श्रेयलाई पार्टी निर्माण र संसदीय निर्वाचनमा स्थापित गर्न नसकेको भन्दै नेपालले यो सन्दर्भ उल्लेख गरेका हुन् ।

    ‘संसद्को पुनर्स्थापना गरेर संविधान जोगाउन हाम्रो जुन ऐतिहासिक भूमिका रह्यो त्यसको श्रेयलाई पार्टी निर्माण र संसदीय निर्वाचनमा स्थापित गर्न सकिएन,’ प्रतिवेदनमा उनले भनेका छन्, ‘गठबन्धनका दलहरूले पनि सकेसम्म हामीलाई उपयोग गर्ने काम गरे ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij