२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

दीर्घकालीन असर गर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण

दीर्घकालीन असर गर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण

दीर्घकालीन असर गर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण

दीर्घकालीन असर गर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण

दीर्घकालीन असर गर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २१ २०८१
बिहिवार, आषाढ २१ २०८१
  • काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दीर्घकालीन असर गर्ने काम नगर्न ध्यानाकर्षण गराएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डलाई दीर्घकालीन असर हुने काम नगर्न आग्रह गरेका हुन् । 

    “संसद्का दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन एमाले सम्माननीय प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गर्दछ,” महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

    विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्ड समेतलाई राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रियामा सामेल हुन पनि आह्वान गरिएको छ । सत्तासमीकरणको प्रमुख दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले समेत राजीनामा दिएर बाहिरिएपछि सरकार स्पष्टतः अल्पमतमा परेको दाबी गरिएको छ ।

    प्रधानमन्त्रीलाई पटक पटक मार्ग प्रशस्त गर्न आग्रह गरे पनि औपचारिक रूपमा समर्थन फिर्ता लिएको पत्र भने कुनै पनि दलले संसद्‌मा दर्ता गराएका छैनन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij