२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नेपाल–जापानबिच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ :  प्रधानमन्त्री ओली

नेपाल–जापानबिच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ :  प्रधानमन्त्री ओली

नेपाल–जापानबिच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ :  प्रधानमन्त्री ओली

नेपाल–जापानबिच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ :  प्रधानमन्त्री ओली

नेपाल–जापानबिच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ :  प्रधानमन्त्री ओली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबिचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका  छन् । सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरूसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबिच सरकार–सरकार र जनता–जनताबिचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको बताएका हुन् ।


    ‘नेपालीहरू राम्रो रोजगारीका लागि जापान पनि गएका छन् । नेपालको फापर जापान पुगेको छ । जापानबाट गोल्डेन ट्राउड नेपाल भित्रिएको छ । जनस्तरका यस्ता असल सम्बन्धका अनेक आयामहरू छन्’, प्रधानमन्त्री ओलीले भने, ‘हामीबिच अबल मित्रता छ । खाली मित्रताबाहेक अरू केही छैन । हाम्रो सम्बन्ध साकुराजस्तै लटरम्म भएर फुलेको छ । समस्यारहित यो सम्बन्ध तथा विकासको साझेदारीलाई सूचना प्रविधिको सहयोगमा उचाइका साथ अगाडि बढाउनुपरेको छ ।’

     

    प्रधानमन्त्री ओलीले युद्धले विनाश र शान्तिले विकास दिन्छ भन्ने उदाहरण जापानले प्रस्तुत गरेको उल्लेख गर्दै विश्वमा शान्ति छाओस् भन्ने आफूहरूको प्रबल इच्छा र सक्रिय प्रयास रहेको  भनाइ राखे ।

     

    गत एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवर्द्धन र व्यावसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ ल्भिायेको आयोजनामा यही फागुन १४ देखि १६गतेसम्म नेपालमा समिट आयोजना गरिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij