२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

घरमै पनिर चिल्ली र पकौडा कसरी बनाउने ?

घरमै पनिर चिल्ली र पकौडा कसरी बनाउने ?

घरमै पनिर चिल्ली र पकौडा कसरी बनाउने ?

घरमै पनिर चिल्ली र पकौडा कसरी बनाउने ?

घरमै पनिर चिल्ली र पकौडा कसरी बनाउने ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  •  घरमा सजिलो र छिटै तयार हुने परिकार हुन्, पनिर चिल्ली र पकौडा । 

    घरमै पनिर चिल्ली कसरी बनाउने ? 


    • पनिर स्वास्थ्यवर्द्धक परिकार हो । पनिर चिल्ली बनाउनका लागि आवश्यक सामग्रीहरू पनिर, प्याज, टमाटर, हरियो खुर्सानी, धनियाँको पात, टमाटर सस, जिराको पाउडर, रातो खुर्सानीको पाउडर, बेसार, नुन, तेल, कालो मरीच र भिनेगर ।
    • पनिर चिल्ली बनाउने तरिका 
    • सुरुमा पनिरलाई पखालेर एउटै साइजमा काट्ने ।
    • प्यानमा तेल तताइसकेपछि पनिर फ्राई गर्ने ।
    • खैरो भएपछि निकालेर भाँडामा राख्ने ।
    • नरम बनाउन दुई मिनेट जति पानीमा भिजाउने ।
    • भेडेखुर्सानी, प्याज र टमाटरलाई काट्ने । 
    • अर्को प्यानमा तेल तताएर बेसार राखेर कटिङ गरेको भेडेखुर्सानी, हरियो खुर्सानी, प्याज र टमाटरलाई हल्का फ्राई गर्ने र खुर्सानीको पाउडर, जिराको पाउडर स्वाद अनुसार नुन राख्ने । 
    • भिजाएर राखेको फ्राई पनिरका साथ हल्का चलाउने ।
    • अन्त्यमा टोमाटो सस राखेर एकपटक राम्रोसँग चलाइसकेपछि प्लेटमा सर्भ गर्ने ।
    • सजावटका लागि माथिबाट धनियाँको पात छर्कने ।
    • यसरी घरमै पनिर चिल्ली बनाउन सकिन्छ ।


    पकौडा कसरी बनाउने ? 

    ननभेजहरुका लागि पकौडा एक लोकप्रिय परिकार हो । घरमा उपलब्ध सामग्रीहरूको उपयोग गरेर सजिलो र छिटै बनाउन सकिने परिकार हो । पकौडा पनि धेरै प्रकारका हुन्छन् । आफ्नो रुचि अनुसार पनिर पकौडा, एग पकौडा, सोया पकौडा, सुजीको पकौडा, रुखकटहरको पकौडा बनाउन सकिन्छ । यहाँ हामी भेजिटेबल पकौडा बनाउने विधिबारे चर्चा गर्दैछौं ।

    आवश्यक सामग्री

    अण्डा, बेसन, मैदा, ज्वानो, पिनट, प्याज (टुक्रा पारेर काटिएको), गाजर, धनियाँ, नुन (स्वाद अनुसार), जिराको धूलो (आधा चम्चा), तेल

    मसालाहरू

    बेसार, नुन, खुर्सानीको धूलो, जिरा  

    बनाउने तरिका

    घरमा उपलब्ध सब्जीलाई उसिनेपछि मसिनो गरी काट्ने । 
    एउटा भाँडामा सबै सामग्री राखेर मुछ्ने । 
    कराहीमा आधा लिटर तेल तताएर स-साना डल्ला बनाएर तेलमा तार्ने । 
    खैरो भएपछि बाहिर निकालेर बिस्तारै थिच्ने, फेरि १ मिनेट तेलमा फ्राई गर्ने । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij