२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रकाशमान सिंहले भने- अब म कांग्रेस सभापति र प्रधानमन्त्री हुन मात्रै बाँकी छ

प्रकाशमान सिंहले भने- अब म कांग्रेस सभापति र प्रधानमन्त्री हुन मात्रै बाँकी छ

प्रकाशमान सिंहले भने- अब म कांग्रेस सभापति र प्रधानमन्त्री हुन मात्रै बाँकी छ

प्रकाशमान सिंहले भने- अब म कांग्रेस सभापति र प्रधानमन्त्री हुन मात्रै बाँकी छ

प्रकाशमान सिंहले भने- अब म कांग्रेस सभापति र प्रधानमन्त्री हुन मात्रै बाँकी छ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • सुर्खेत । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहले अब आफू प्रधानमन्त्री र पार्टी सभापति मात्रै बन्न बाँकी रहेको बताएका छन्। सुर्खेतमा आइतबार पत्रकारसँग कुराकानी गर्दै नेता सिंहले भने, ‘म ग्रासरुटबाट आएको हुँ, लिगेसी पनि छ। जिल्लाबाट नेतृत्व सम्हाल्दै महामन्त्री र उपसभापतिसम्म भएँ, संसदीय दलको उपनेता पनि भएँ। अब संसदीय दल नेता, प्रधानमन्त्री र सभापति हुन बाँकी छ।’

    कांग्रेसको चौधौँ महाधिवेशनमा सभापति उठिसकेकाले सिंहलाई १५ औँ महाधिवेशनमा सभापतिको दाबेदारका रूपमा हेरिएको छ। सिंह उपप्रधानमन्त्री भएपछि जिल्ला दौड र कार्यकर्ता भेटघाटमा व्यस्त रहँदै आएका छन्। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता जीवनबहादुर शाहीले सिंह फेरि सभापतिमा लड्न सक्ने संकेत गरे। उनले भने, ‘अवस्था आएमा नेता सिंह पक्का सभापतिमा लड्नुहुनेछ।’

    यसअघि सिंहलाई सुर्खेतमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए। सुर्खेतको विमानस्थलमा अवतरण भएका सिंहलाई सयौं नेता कार्यकर्ताले विमानस्थलमै फूलमाला र खादाले भव्य स्वागत गरेका थिए।

    सभापतिको दौडमा रहेका शेखर कोइराला र गगन थापालाई जस्तै कर्णालीले प्रकाशमान सिंहलाई स्वागत गरेको सुर्खेतका कांग्रेसका एक पदाधिकारीले बताए। सिंह संविधान संशोधन स् आवश्यक्ता र चुनौति विषयक कर्णाली प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत आएका हुन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij