२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कांग्रेस एमालेसँग फस्यो : शेखर कोइराला

कांग्रेस एमालेसँग फस्यो : शेखर कोइराला

कांग्रेस एमालेसँग फस्यो : शेखर कोइराला

कांग्रेस एमालेसँग फस्यो : शेखर कोइराला

कांग्रेस एमालेसँग फस्यो : शेखर कोइराला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • बुटवल । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशभित्रै सम्भावना र अवसर छ भन्ने विश्वास जगाउन सरकारले सुशासन दिन सक्नुपर्ने बताएका छन् । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले बुटवलमा गरेको कार्यक्रममा नेता कोइरालाले दैनिक १५ सय देखि २ हजार जना नेपालीको विदेश पलायन र मुलुकमा सुशासन नहुँदा आम नागरिकमा निराशा छाएको औंल्याए । 

    ‘रोजगारी, शिक्षा र अन्य कारणले दैनिक १५ सयदेखि २ हजार जना नेपाली विदेश जाने गरेको विषयले निराशा बढाएको छ’, कोइरालाले भने, ‘देशभित्रै सम्भावना र अवसर छन् भन्ने विश्वास जगाउन सबैभन्दा पहिले सुशासन दिन सक्नुपर्छ ।’  

    नेपालका विश्व विद्यालयहरूको पाठ्यक्रम परिवर्तन गरेर विद्यार्थीलाई स्वदेशमै पढ्ने र रोजगारीसँगै गर्ने अवसर सिर्जना गर्न राजनीतिक नेतृत्वमा संवेदनशीलता चाहिएको कोइरालाले औंल्याए ।  हाइड्रो पावर, सोलार, प्रांगारिक कृषि, जडिबुटी, फलफूल, सूचना प्रविधि र फोहोरबाट मल र ऊर्जा बनाएर राम्रो आर्थिक लाभ लिन सकिने कोइरालाले सुझाए ।   

    उनले आफ्नो पार्टी अहिले एमालेसँग फसेको समेत बताएका छन् । उनले कम्युनिस्टहरूले कांग्रेसलाई बारम्बार दोष दिएर रक्षात्मक बनाएको बताए । एमाले, माओवादी, जसपालगायतका दलसँग कांग्रेस लड्नुपर्नेछ भन्दै पार्टी रक्षात्मक बन्न नहुनेमा जोड दिए । 

     ‘कम्युनिस्टहरूले बारम्बार कांग्रेसलाई दोष दिइरहेका छन्, कम्युनिस्टसँग फसेको छ कांग्रेस अहिले’, कोइरालाले भने, ‘हामी पार्टीभित्र आफैँबीच लडेर थाकेका छौं, हामी एमाले, माओवादी, जसपाजस्ता पार्टीसँग लड्नु छ,आपसमा लडेर पार्टी बलियो हुन्न, एक ढिक्का हुनुपर्छ ।’
    आगामी चुनाव एक्लै लड्न पार्टीभित्र एकताको खाँचो रहेको भन्दै उनले पार्टीभित्रको लडाइँ देखेपछि जनताले चुनावमा जित्दैन भनेर मत नदिने बताए । 


    पार्टीका विभागहरूले नागरिकलाई फाइदा हुने र जनतासँग जोडिने काम गर्न निर्देशन दिंदै उनले महाधिवेशनमा पक्ष विपक्ष भए पनि अरु बेला एकजुट भएर पार्टी बलियो बनाउन लाग्न आग्रह गरे ।  कम्युनिस्टजस्तो कार्यकर्ता आधारित नभई मास बेस्ड पार्टी भएकाले कांग्रेसको गति अलि सुस्त भए पनि अन्तर्राष्ट्रिय समुदायले कांग्रेसलाई हेरिरहेका कोइरालाले बताए । बीपीले अघि सारेको समाजवाद कांग्रेसले नछाडेको उनले बताए ।
     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij