२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

काँग्रेसको महाधिवेशन समयमा नै हुन्छ, पुराना गुट अब हुँदैनन् : मीन विश्वकर्मा

काँग्रेसको महाधिवेशन समयमा नै हुन्छ, पुराना गुट अब हुँदैनन् : मीन विश्वकर्मा

काँग्रेसको महाधिवेशन समयमा नै हुन्छ, पुराना गुट अब हुँदैनन् : मीन विश्वकर्मा

काँग्रेसको महाधिवेशन समयमा नै हुन्छ, पुराना गुट अब हुँदैनन् : मीन विश्वकर्मा

काँग्रेसको महाधिवेशन समयमा नै हुन्छ, पुराना गुट अब हुँदैनन् :  मीन  विश्वकर्मा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले नेपाली काँग्रेसको १५ औँ महाधिवेशन समयमा नै हुने दाबी गरेका छन् । रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले काँग्रेसको अधिवेशन र दसैँ एकै रहेको संज्ञा दिए । उनले दसैँ कहिले पर्छ भनेर क्यालेन्डर हेरे हुने बताउँदै काँग्रेसको महाधिवेशन विधान अनुरूप २०८३ मङ्सिर भित्रै महाधिवेशन हुने दाबी गरे ।

    उनले भने, ‘दसैँ कहिले छ भनेर सोध्नु पर्दैन, क्यालेन्डर हेरे पुग्छ । काँग्रेसको महाधिवेशन पनि विधानले नै तोकेको समयमा नै हुन्छ । २०८३ मङ्सिर भित्रै महाधिवेशन हुन्छ । ’

    पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवाले पार्टीलाई निकै बलियो बनाएको बताउँदै सफल सभापतिको संज्ञा दिए । उनले दुई कार्यकाल सभापति भइसकेका देउवाले अव मार्ग प्रशस्त गर्ने भएकोले काँग्रेसमा भएका गुट तथा पक्षहरू नहुने समेत घोषणा गरे । उनले नेतृत्वको लागि आकाङ्क्षीहरू समेत धेरै भएकोले अब गुटहरू अन्त्य हुने बताए ।

    विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएको अध्यादेश हुबहु पारित हुने अवस्था नरहेको जिकिर गरेका । उनले सरकारले अध्यादेश ल्याउने अवस्थामा काङ्ग्रेससँग छलफल गरे पनि संसदमा लैजाँदा पार्टीहरूबिचमा असन्तुष्टि आउँदा पारित हुने अवस्था सिर्जना नभएको उल्लेख गरे ।

    उनले भने, ‘ अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली काँग्रेसका मन्त्रीहरुसंग छलफल त गर्नुभएको थियो, तर अहिले संसदमा लैजाने विषयमा सर्व सहमत हुने अवस्था देखिएको छैन, यथास्थितिमा हुबहु पारित हुने अवस्था छैन । ’

    उनले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक अधिकार भए पनि आवश्यकता महसुस फरक ढङ्गले भएको बताउँदै यदि हुबहु पारित नभए प्रतिस्थापन विधेयक मार्फत संसदीय प्रक्रियामा जाने र पारित हुने तर्क गरे ।

    पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका उनले पछिल्लो समय नेपाली काँग्रेस पार्टी चलायमान बन्दै गइरहेको बताए । उनले अहिलेको अवस्थामा ५५ वटा विभाग निर्माण गरी ७७ वटै जिल्लामा विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा भइरहेको जानकारी पनि गराए ।

    पार्टीको प्रचार विभाग संयोजक समेत रहेका विश्वकर्माले अहिलेको गठबन्धन २०८४ सालको निर्वाचन सम्म कायम रहने समेत दाबी गरे । उनले अहिलेको गठबन्धन बलियो जगमा उभिएको बताउँदै ७ बुँदै सहमति अनुसार नै कायम रहने उल्लेख गरे ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारणले अहिलेको काँग्रेस एमालेको गठबन्धन बनेको स्मरण गरे । उनले २०७९ सालको निर्वाचनको समयमा बनेको गठबन्धन अनुसार नै सरकार बनाउन काँग्रेस तयार रहेको अवस्थामा प्रचण्ड काँग्रेस छाड्दै एमाले र एमाले छाड्दै काँग्रेस गर्दा दुई शक्ति मिल्नुपरेको तर्क समेत गरे ।

    उनले फरक प्रसङ्गमा हरेक परिस्थितिलाई नेपालीले राजनीति सँग जोडेर गाली गर्ने परम्परा रहेको बताउँदै विकसित देशमा राजनीति शान्त हुने भए पनि नेपालमा हरेक १० वर्षमा व्यवस्था परिवर्तन सम्मको लागि भन्दै आन्दोलन हुँदा हरेक व्यक्ति राजनीतिमा होमिएको तर्क गरे ।  

    यता पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई संविधानको पूर्ण कार्यान्वयनको रूपमा हेरेको समेत तर्क गरे । उनले लोकतन्त्रको वाक स्वतन्त्रतालाई पूर्व राजाले उच्चतम प्रयोग गरेको बताउँदै उनको राजसंस्था फर्काउने अभिव्यक्तिलाई राजनीतिक दलले प्राथमिकता नदिएको समेत बताए ।

    उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआईडि तथा वैदेशिक सहयोग रोक्ने निर्णय केही समयको चुरीफुरी मात्रै रहेको तर्क गरे । उनले आफू अमेरिकाको राष्ट्रपति भएको विश्व समुदायलाई जानकारी गराउनको लागि यी स्टन्टहरु गरेको बताउँदै केही समयमा नै यी सबै समस्या समाधान हुने तर्क गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij