२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पार्टीभित्रको मतभेद हटाउनुपर्छ : सभापति देउवा

पार्टीभित्रको मतभेद हटाउनुपर्छ : सभापति देउवा

पार्टीभित्रको मतभेद हटाउनुपर्छ : सभापति देउवा

पार्टीभित्रको मतभेद हटाउनुपर्छ : सभापति देउवा

पार्टीभित्रको मतभेद हटाउनुपर्छ : सभापति देउवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेदहरु हटाउनुपर्नेमा जोड दिएका छन् । उनले मतभेद हटाएर कांग्रेसलाई जीवन्त भाइब्रेण्ट डेमोक्रेटिक पार्टीको रुपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।

    कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको सोमबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन् । 

    उनले कांग्रेसलाई जीवन्त भाइब्रेण्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझ आकर्षण बढ्दै जाने उल्लेख गरे । पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘हाम्राबीचमा अनेक किसिमका मतभेदहरु हुन सक्छन्, कतिपय कुराहरु नमिलेका हुन सक्छन् । ती सबैकुरालाई आपसमा छलफल, मेलमिलाप, विश्वास र कुराकानी गरेर मतभेद हटाउनुपर्छ ।’ कांग्रेसलाई हिजो भन्दा अझ ठूलो पार्टी बनाउनुपर्ने उनको भनाइ छ।

    उनले लोकतन्त्र/प्रजातन्त्रमा प्रतिपक्षी पार्टीको धैरै भूमिका हुने बताए । ‘हाम्रो देशमा लोकतन्त्र, प्रजातन्त्र छ, यो अत्यन्तै समावेशी, समानुपातिक र विपक्षी दलसहितको व्यवस्था बनेको छ, ’देउवाले भने ।

    480837624_2494018327624870_7117872474303118703_n.jpg

    कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण कार्यक्रमको आयोजना तथा कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीको आतिथ्यमा सुरु भएको कार्यक्रम मंगलबारसम्म सञ्चालन हुने क्षेत्रीय सभापति सुशील गुरुङले बताए ।

    नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार प्रशिक्षणमा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३ सय ३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू भैरहवा आएका छन् । प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल हुने खड्काले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij