२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

भैरहवामा खुल्यो अध्यागनन कार्यालय, गृहमन्त्रीले गरे उद्घाटन

भैरहवामा खुल्यो अध्यागनन कार्यालय, गृहमन्त्रीले गरे उद्घाटन

भैरहवामा खुल्यो अध्यागनन कार्यालय, गृहमन्त्रीले गरे उद्घाटन

भैरहवामा खुल्यो अध्यागनन कार्यालय, गृहमन्त्रीले गरे उद्घाटन

भैरहवामा खुल्यो अध्यागनन कार्यालय, गृहमन्त्रीले गरे उद्घाटन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • बुटवल। अध्यागमन कार्यालय बेलहिया भैरहवाको नवनिर्मित भवनको मंगलबार उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका छन। पर्यटक आवागमनको हिसाबले भैरहवाको बेलहिया अध्यागमन कार्यालय काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो कार्यालय भएको उनले बताए । बेलहिया अध्यागमन कार्यालयलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन जरुरी रहेको उनको भनाइ थियो ।

    'बुद्ध जन्मस्थल लुम्बिनीका कारण बेलहिया नाकाबाट धेरै पर्यटक नेपाल आउने गरेका छन् । पछिल्ला दिनमा सबै नाकाबाट पर्यटक आगमन राम्रो छ । यसलाई व्यवस्थित गरी पर्यटनमैत्री वातावरण बनाइरहेका छौं,' उनले भने ।


    अध्यागमन देशको ऐना भएकाले कर्मचारी तथा सुरक्षाकर्मीले पर्यटक र आमसेवाग्राहीलाई नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्नुपर्ने उनले बताए ।
    गृहमन्त्री रमेश लेखकले कोभिडका बेला बन्द दक्षिणतर्फका सबै सीमानाका सञ्चालन हुन थालेको बताएका छन् ।

    पूर्वमा पशुपतिनगरदेखि काँकडभित्ता हुँदै महाकालीसम्मका दक्षिणतर्फका सबै सीमानाका सञ्चालनमा आएको र पर्यटकहरुको आवागमन भइरहेको बताए ।


    पछिल्लो समय मुलुकको अर्थतन्त्रमा राम्रा संकेत देखापरेको दाबी गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी व्यावसायिक वातावरण बनाउन केही अध्यादेश जारी गरिएको र छिट्टै संसद्‍बाट पास गरी कार्यान्वयन गरिने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij