२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रतिनिधिसभाबाट स्वीकृत भयो पाँच अध्यादेश

प्रतिनिधिसभाबाट स्वीकृत भयो पाँच अध्यादेश

प्रतिनिधिसभाबाट स्वीकृत भयो पाँच अध्यादेश

प्रतिनिधिसभाबाट स्वीकृत भयो पाँच अध्यादेश

प्रतिनिधिसभाबाट स्वीकृत भयो पाँच अध्यादेश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । सरकारले माघ १८ गते संसद्‌मा पेस गरेको ६ मध्ये पाँचवटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकबाट अध्यादेश बहुमतले स्वीकृत भएको हो ।

    जसमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश छन् ।

    त्यस्तै, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश छन् ।

    भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा सत्तारूढ नै विभाजित हुनु र राष्ट्रियसभामा बहुमत पुग्ने अवस्था नहुँदा सरकार पछि हटेपछि यी अध्यादेश स्वीकृत भएको हो ।

    भूमिसम्बन्धी अध्यादेशमा भने सत्तारूढबीच छलफल गरी निचोडमा पुग्ने तयारी रहेको बताइन्छ ।

    संसद्मा पेस भएको ३३ दिनपछि अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको हो । अध्यादेश माघ २४ गतेको बैठकमा नै स्वीकृत गर्नेगरी सम्भावित कार्यसूचीमा राखिएको थियो । तर, राष्ट्रियसभामा निर्णायक रहेको जनता समाजवादी पार्टी नेपालले सहमति नजानएपछि सरकार पछि हटेको थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भूमिबाहेकको अध्यादेशमा सहमत भएपछि अध्यादेश अघि बढाइएको हो ।

    अध्यादेशमा प्रतिपक्ष दलका सांसदहरूले अस्वीकृतको सूचना राखेका थिए । संसद् अधिवेशन बोलाउन छाडेर अध्यादेश ल्याइनू, प्रक्रिया संवत नभएको र अध्यादेशका प्राधवधान हितकर नभएको भन्दै अस्वीकार गर्नुपर्ने बताएका थिए । उनीहरूको प्रस्ताव अस्वीकार भएपछि अध्यादेश स्वीकृत भएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij