२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

एकीकृत समाजवादीको २९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी घोषणाको तयारी

एकीकृत समाजवादीको २९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी घोषणाको तयारी

एकीकृत समाजवादीको २९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी घोषणाको तयारी

एकीकृत समाजवादीको २९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी घोषणाको तयारी

एकीकृत समाजवादीको २९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी घोषणाको तयारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २२ २०८१
शुक्रवार, आषाढ २२ २०८१
  • काठमाडौँ । नयाँ नेतृत्वसहितको (२९९ सदस्यीय) केन्द्रीय कमिटी घोषणा गरेर नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशन शुक्रवार छैटौँ दिनमा समापन हुने भएको छ । काठमाडौँको प्रज्ञा भवनमा गत असार १६ गतेदेखि सुरु भएको महाधिवेशनमा अध्यक्ष, महासचिव र सम्मानित नेताबाहेक १८ पदाधिकारीसहित २९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी घोषणा गरिने नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार शुक्रवार बिहान १० बजे नयाँ कमिटी घोषणा गरिने भनिए पनि आन्तरिक छलफलका कारण ढिला हुने तर अपराह्नसम्म घोषणा गरिने बताए । तीन मुख्य पदमा बिहीबारै सहमति जुटाएर घोषणा गरिए पनि अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति जुट्न नसकेपछि आजलाई सारिएको थियो ।

    नेताहरूले बाँकी पदाधिकारी र केन्द्रीय सदस्य पनि सर्वसम्मत छनोट गर्ने तयारी गरेका छन् । त्यसका लागि सचिवालयलाई जिम्मेवारी दिइएको छ ।  ‘वर्क आउट हुँदैछ । ढिलोमा दिउँसो ३ बजेसम्म नयाँ कमिटी घोषणा हुन्छ’, नेता श्रेष्ठले भने,  ‘प्रविधिका विषय मिलाएर सचिवालय बैठक बस्छ र लगत्तै घोषणा गर्ने तयारी छ ।’

    बिहीबार पार्टीका सम्मानित नेता तथा निर्वाचन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले अन्य पदाधिकारी र केन्द्रीय सदस्य सचिवालयले सहमतिमै टुङ्ग्याउने प्रस्ताव हलमा गरेका थिए ।  सो प्रस्तावलाई पनि हलले ताली बजाएर अनुमोदन गरेको थियो ।

    एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्माण गर्ने विधान पारित भैसकेको छ ।  महाधिवेशन हलबाट बिहीबार अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको घोषणा भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij