२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नेताहरूलाई लिङदेनको जवाफ– राजाले चुनाव लड्ने होइन

नेताहरूलाई लिङदेनको जवाफ– राजाले चुनाव लड्ने होइन

नेताहरूलाई लिङदेनको जवाफ– राजाले चुनाव लड्ने होइन

नेताहरूलाई लिङदेनको जवाफ– राजाले चुनाव लड्ने होइन

नेताहरूलाई लिङदेनको जवाफ– राजाले चुनाव लड्ने होइन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, फाल्गुण २४ २०८१
शनिवार, फाल्गुण २४ २०८१
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजा भोटको राजनीतिभन्दा माथि रहने संस्था भएको बताएका छन् । शनिबार वीरगन्जको लालबगलामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूले देश बर्बाद बनाएको र अब मुलुकमा राजसंस्था आवश्यक भएको सन्देश दिएको उनले जिकिर गरे ।

    उक्त सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरूले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट विजयी भएर आउन चुनौती दिँदै आएका छन् । सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष लिङदेनले राजा भोटको राजनीतिभन्दा धेरैमाथिको संस्था भएको बताएका हुन् ।

    वर्तमानका नेतासँग आफूहरू नै चुनाव लड्न पर्याप्त रहेको उनले उल्लेख गरे । आफूहरूले राजनीतिक दलको नभई देशको राजा स्थापित गर्न खोजेको उनले बताए ।

    प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेज आफ्नो पार्टीका माग रहेको उनले सुनाए ।

    कार्यक्रममा राजेन्द्र लिङदेनको भनाइ पढ्नोस्–
    राजाले पहाडमा नभएर मधेसको जनताले रोजगारी पाओस्, मधेसको जनताले गरिखाने वातावरण निर्माण होस् भनेर खोलेको उद्योगधन्दाहरू बेचेर खाए । कृषि औजार कारखाना, चिनी कारखाना, जनकपुर चुरोट कारखाना बन्द गरे र आज दर्जनौँ भ्रष्टाचारकाण्डहरूमा उनीहरूको नाम मुछिएको छ । त्यस्ता नेताहरू अहिले राजालाई लल्कार्दै छन्, राजा चुनाव लड्न आऊ भनेर । म भन्छु– तपाईंहरूसँग चुनाव हामी लड्छौँ, राजाले चुनाव लड्ने होइन । चुनाव लड्नको लागि हामीजस्ता मानिसहरू छौँ । हामीले खोजेको राजा, हामीले स्थापित गर्न खोजेको राजा तपाईंहरूसँग चुनाव लड्ने होइन । राजनैतिक दलको राजा होइन, देशको राजा खोजेको हो । राजा राजनीतिक दलभन्दा र भोटको राजनीतिभन्दा माथि रहने संस्था हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij