२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कुलमानलाई ‘किचकिच’प्रति गगन थापा असन्तुष्ट– नचाहिने काममा मन्त्रीहरू लाग्नु हुन्न

कुलमानलाई ‘किचकिच’प्रति गगन थापा असन्तुष्ट– नचाहिने काममा मन्त्रीहरू लाग्नु हुन्न

कुलमानलाई ‘किचकिच’प्रति गगन थापा असन्तुष्ट– नचाहिने काममा मन्त्रीहरू लाग्नु हुन्न

कुलमानलाई ‘किचकिच’प्रति गगन थापा असन्तुष्ट– नचाहिने काममा मन्त्रीहरू लाग्नु हुन्न

कुलमानलाई ‘किचकिच’प्रति गगन थापा असन्तुष्ट– नचाहिने काममा मन्त्रीहरू लाग्नु हुन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, फाल्गुण २४ २०८१
शनिवार, फाल्गुण २४ २०८१
  • बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति सरकारको व्यवहार ठिक नभएको बताएका छन् । शनिबार (फागुन २४) सिन्धुलीमा आयोजित एक कार्यक्रममा उनले सरकारले कुलमानलाई किचकिच गरिरहेको जस्तो देखिने बताएका हुन् ।

    कुलमानलाई सरकारले पटक–पटक स्पष्टीकरण सोधेको र कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएकाप्रति उनले असन्तुष्टि जनाए । उनले कुलमानको नामै भने उल्लेख गरेनन् ।

    “एउटा सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको जस्तो देखिन्छ । किचकिच किचकिच गरिरहेको जस्तो देखिन्छ,” उनले भने, “यस्ता कुराहरू ठिक होइन । उपयुक्त हुँदैन । यस्ता नचाहिने काममा कोही पनि मन्त्रीहरू पनि लाग्नु हुन्न ।”

    मन्त्रीहरू नचाहिने काममा लागे रोक्ने कार्य प्रधानमन्त्रीको भएको उनले उल्लेख गरे । “प्रधानमन्त्री भनेको सरकारको, त्यो क्याबिनेटको मास्टर हो,” उनले भने, “उसले राम्रो कामको श्रेय पाउँछ, नराम्रो कामको अपजस पनि लिनुपर्छ ।”

    कुलमानतर्फ संकेत गर्दै उनले तीन/चार महिनापछि सेवानिवृत्त भएसँगै उपयुक्त व्यक्ति ल्याउन सकिने सरकारलाई सुझाव दिए । “मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको बेढंग हो, तीन/चार महिनामा सेवानिवत्त हुने, तीन/चार महिनापछि सेवानिवृत्त भइसकेपछि एउटा उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने,” उनले भने ।

    आफूहरू सरकारको सहयोगी भएको र राम्रो काम गरोस् भन्ने चाहेको उनले बताए ।विद्युत् प्राधिकरण ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको निकाय हो । हाल ऊर्जामन्त्री कांग्रेसकै दीपक खड्का छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij