२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पूर्वराजालाई स्वागतको तयारीमा राजावादी : कस्तो छ सुरक्षा व्यवस्था ?

पूर्वराजालाई स्वागतको तयारीमा राजावादी : कस्तो छ सुरक्षा व्यवस्था ?

पूर्वराजालाई स्वागतको तयारीमा राजावादी : कस्तो छ सुरक्षा व्यवस्था ?

पूर्वराजालाई स्वागतको तयारीमा राजावादी : कस्तो छ सुरक्षा व्यवस्था ?

पूर्वराजालाई स्वागतको तयारीमा राजावादी : कस्तो छ सुरक्षा व्यवस्था ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१

  • बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह आज (आइतबार) पोखराबाट काठमाडाैं फर्किँदै छन् । उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आह्वान गरेको छ । राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर विमानस्थलमा भेला भई शाहको स्वागत गर्ने राजावादीहरूको तयारी छ ।


    यसैबीच राजावादीहरूले गर्ने शाहको स्वागत कार्यक्रमलाई लिएर स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । काठमाडाैंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सुरक्षाको प्रबन्ध बलियो पारिएको बताए ।
    'जुलुसलगायतका कार्यक्रम रहेकाेले सुरक्षाको उचित व्यस्थापन गरेका छाैँ', उनले भने । उनले सुरक्षाका सबै निकायहरू परिचालन गरिएको जानकारी दिए ।


    पूर्वराजाको स्वागतका लागि हुने कार्यक्रमको सुरक्षाको जिम्मेवारी जिल्ला सुरक्षा समितिलाई दिइएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी बताउँछन् । उनले भने, 'त्यो कार्यक्रमका लागि गृह मन्त्रालय नै लाग्नुपर्ने अवस्था छैन । जिल्लाले काम गरिरहेकाे छ ।'

    माओवादीको अभियान स्थगित
    यसैबीच राजावादीहरूको सक्रियता बढेको भन्दै नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’ स्थगित गरेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले केही समयका लागि अभियान स्थगित भएकाे जानकारी दिए ।


    कुरा गर्दै उनले भने, 'केही समयका लागि अभियान स्थगित भएको छ । हामी समीक्षामा जुट्छाैँ ।' अचानक किन अभियान स्थगित भएको हो भन्ने प्रश्नमा उनले थपे, 'देशको राजनीति जटिल बन्दै गएको देखिएकै छ । विभिन्न खालका गतिविधि भइरहेका छन् ।'

    राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल
    राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शीतलनिवासमा शनिबार साँझ भेट भएको हो । उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij