२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

१ करोड धरौटी खारेजीको माग गर्दै बुटवल उच्च अदालत पुगे रवि

१ करोड धरौटी खारेजीको माग गर्दै बुटवल उच्च अदालत पुगे रवि

१ करोड धरौटी खारेजीको माग गर्दै बुटवल उच्च अदालत पुगे रवि

१ करोड धरौटी खारेजीको माग गर्दै बुटवल उच्च अदालत पुगे रवि

१ करोड धरौटी खारेजीको माग गर्दै बुटवल उच्च अदालत पुगे रवि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् ।

    रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा आफूसँग माग भएको १ करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै रवि सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् ।

    बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछानेले दिएको निवेदन दर्ता भइसकेको छ ।

    ‘सुप्रिम सहकारी ठगीमा माग भएको धरौटी आफूलाई चित्त नबुझेको र साधारण तारेखमा रिहा हुनुपर्ने आशयको माग राखेर उहाँले निवेदन दिनुभएको छ,’ कुँवरले भने, ‘निवेदन दर्ता भइसकेको छ ।’

    लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

    त्यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख र चितवनको साहारा चितवन सहकारी प्रकरणमा ५४ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij