२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

'७३' नम्बर टेकेर धरौटी खारेजी माग गर्दै रबि उच्च अदालत बुटवलमा

'७३' नम्बर टेकेर धरौटी खारेजी माग गर्दै रबि उच्च अदालत बुटवलमा

'७३' नम्बर टेकेर धरौटी खारेजी माग गर्दै रबि उच्च अदालत बुटवलमा

'७३' नम्बर टेकेर धरौटी खारेजी माग गर्दै रबि उच्च अदालत बुटवलमा

'७३' नम्बर टेकेर धरौटी खारेजी माग गर्दै रबि उच्च अदालत बुटवलमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • बुटवल । जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा आफूसँग मागेको १ करोड धरौटी खारेजको माग लिएर पूर्वगृहमन्त्री एवं रास्वपा सभापति उच्च अदालत बुटवल पुगेका छन् ।


    लामिछाने सोमबार बिहानै उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका निजी सचिव अविनास आचार्यले बताए । जिल्ला अदालतको धरौटीको आदेश बदर माग गरिएको उनले सुनाए ।


    फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले निवेदन दर्ता गराएका छन् ।


    लामिछानेलाई धरौटी नभई थुनामा राख्नुपर्ने भन्दै सरकारी वकिल कार्यालय यसअघि नै उच्च अदालतमा पुगिसकेको छ । दुवै पक्ष उच्च पुगेपछि यसलाई ‘७३’ नम्बरअन्तर्गत अगाडि बढाइने उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।


    ‘दुवै पक्ष जिल्ला अदालतले गरेको आदेशलाई चित्त नबुझेर आएपछि ७३ नम्बर कानुनअनुसार अघि बढाइने गरिन्छ, आज रवि लामिछाने जिल्लाले मागेको धरौटी खारेजीको माग गर्दै आउनुभयो भने यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राख्न माग गर्दै आइसकेको छ अब आज दर्ता भएपछि भोलि नै पेशी जान्छ’, उनले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij