२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सरकार बिचौलियाले चलायो भन्ने प्रचण्डलाई एमाले सचिवको प्रश्न : सर्पले सर्पको खुट्टा देखेको हो  ?

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । नेकपा एमाले सचिव तथा सांसद गोकर्ण विष्टले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्‍मा दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।

    प्रतिनिधिसभामा मंगलबार बोल्दै विष्टले विगतमा त्यस्ता प्रवृत्तिका व्यक्तिसँग उठबस गर्ने गरेकैले गर्दा प्रचण्डलाई यस्तो भान परेको हो कि भनी आशंका गरे ।

    ‘प्रमुख प्रतिपक्षी दलका नेताले अत्यन्तै अमर्यादित र गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको छ,’ विष्टले संसद्‍मा भने, ‘सर्पले सर्पको खुट्टा देख्छ भनेझैं उहाँलाई पनि त्यस्तै दृश्य देख्ने बानी परेको हो कि ?’

    विष्टले सुशासन प्राप्तिका लागि गरेका प्रयास, अनि सुधारका योजनाले सबैको साथ पाउनुपर्ने बताए ।

    ‘कानुनी संरचना निर्माण र कार्यान्वयनका लागि जनशक्ति निर्माण गर्न बजेटमार्फत् आशा जगाउन आवश्यक छ,’ विष्टले भने, ‘लोकतन्त्रको विकल्प उन्नत र सुधारिएको लोकतन्त्र हो । राष्ट्र र जनताको हितलाई केन्द्रभागमा राखेर अघि बढौं । आरोप प्रत्यारोप जरुरी छैन ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij