२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

विश्वास आर्जन हुने काम गर्न प्रधानमन्त्रीलाई गगनको सुझाव

विश्वास आर्जन हुने काम गर्न प्रधानमन्त्रीलाई गगनको सुझाव

विश्वास आर्जन हुने काम गर्न प्रधानमन्त्रीलाई गगनको सुझाव

विश्वास आर्जन हुने काम गर्न प्रधानमन्त्रीलाई गगनको सुझाव

विश्वास आर्जन हुने काम गर्न प्रधानमन्त्रीलाई गगनको सुझाव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै क्षेत्रमा विश्वासको वातावरण आर्जन गर्ने गरी काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छ्न ।

    प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले कानुन सबैका निम्ति बराबरी हो भन्ने विश्वास दिलाउने गरी, नागरिकमा रहेको असन्तोष अन्त्य हुने गरी तथा यही देशमा केही गर्न सकिन्छ भन्ने विश्वास जाग्ने गरी काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका हुन् ।

     


    विश्वासको वातावरण बन्न नसके प्रचण्ड बहुमतको सरकार पनि असफल हुने उनको भनाइ थियो ।

    सांसद थापाले भने, ‘सरकारले कानुन निर्माण गर्दा बृहत्तर सार्वजनिक हितलाई ध्यान दिनुपर्छ । कुनै एउटा व्यक्ति वा समूहले त्यसको लाभ लिनुहुँदैन भन्ने जसरी प्रश्न उठेको छ, यसमा सरकार सचेत रहनुपर्छ ।’

    उनले सरकारका निर्णयका सन्दर्भमा पटकपटक प्रश्न उठेको भन्दै प्रत्येक कुरामा आफ्नो कामबाट, निर्णयबाट संसद्, आम राजनीतिक दल र जनताको विश्वास जित्ने वातावरण बनाउन आग्रह गरे ।

    थापाले प्रधानमन्त्री र मन्त्रीहरूले नचाहिने ठाउँमा हात नहाल्न पनि सुझाव दिए । ‘नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउको कपाल बाँधेर दुखेको भनेजस्तो कुरा आवश्यक नै छैन, अनावश्यक विषयमा सरकारले अनावश्यक काम नगरोस्,’ महामन्त्री थापाले भने, ‘दण्ड जरिवानाको विषय न्यायपूर्ण भएन भन्ने प्रश्न उठिरहेको छ ।

    चाहे सरकारीको प्रकरण होस्, सार्वजनिक जग्गा हिनामिनाको प्रकरण होस्, मानव बेचबिखन, चाहे क्याम्पस तोडफोड गर्ने होस् । मेरो, तेरो नहेरी मेरो दलको झण्डा बोक्ने भन्ने नहेरी निर्मम भएर कानुन सबैका लागि बराबर छ भन्ने विश्वासको वातावरण बनाउनैपर्छ ।’

    उनले नेपालभित्र काम गर्न सकिन्छ भन्ने वातावरण बनाउनुपर्ने र त्यसका निम्ति विश्वास आर्जन गर्नुपर्ने भन्दै त्यसका निम्ति आज उठेका प्रश्नलाई सच्याउनु पर्ने बताए । उनले भने, ‘भागेर पनि हुन्नँ, ढाँटेर पनि हुन्न । आज उठेका प्रश्नलाई सच्याउनुपर्छ र विश्वासको आर्जन गर्नुपर्छ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij