२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

एकाध मान्छेका स्वार्थको पछि देश लाग्न सक्दैन : प्रधानमन्त्री

एकाध मान्छेका स्वार्थको पछि देश लाग्न सक्दैन : प्रधानमन्त्री

एकाध मान्छेका स्वार्थको पछि देश लाग्न सक्दैन : प्रधानमन्त्री

एकाध मान्छेका स्वार्थको पछि देश लाग्न सक्दैन : प्रधानमन्त्री

एकाध मान्छेका स्वार्थको पछि देश लाग्न सक्दैन : प्रधानमन्त्री
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरूको स्वार्थको पछि देश लाग्न नसक्ने बताएका छन् ।

    मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा उनले पछिल्लो समय व्यवस्था र संविधानका विरुद्धमा आवाज उठ्न लागेको भन्दै त्यसतर्फ आपत्ति जनाए ।

    प्रधानमन्त्री ओलीले अहिलेको भन्दा राम्रो प्रणाली के हो ? भन्दै प्रश्न गरे ।

    ‘अहिले व्यवस्था र संविधानका विरुद्धमा पनि केही आवाज उठ्न थालेको छ । स्पष्ट के हो भने, चाहियो के त रु यो भन्दा बेटर प्रणाली कुनै छ भने ठिक छ । यो भन्दा राम्रो प्रणाली के हो रु,’ प्रधानमन्त्री ओलीले भने, ‘एकाध मान्छेका स्वार्थहरूको पछाडि देश लाग्न सक्दैन । बेटर प्रणालीका लागि संविधान र सरकार तयार छ । जनता तयार छन् ।’

    त्यसका लागि शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक प्रणालीको बाटोमा सरकार रहेको जिकिर गरे ।

    ‘शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक प्रणाली, बाटो त्यसका लागि तयार गरेका छौं । आजको हाम्रो तरिका त्यो हो । सामाजिक मूल्यमान्यतालाई दखल नपारि अघि बढ्ने बाटो हो । त्यो गर्छौं । यसरी हामी राजनीतिक हिसाबले स्पष्ट छौं,’ प्रधानमन्त्री ओलीले भने ।

    उनले अहिलेको प्रणाली नै नागरिक सर्वोच्चता भएको भन्दै अहिले सरकार समाजवादतर्फ उन्मुख भएको जिकिर गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij