बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रममा सहभागी हुन आज रूपन्देही आउँदैछन् । प्रचण्ड रुपन्देहीको ओमसतिया ६ मा जमुहानी पोखरा ताल पार्क शिलान्यास र बुटवलमा हुने मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैठौं राष्ट्रिय सम्मेलनको उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन रुपन्देही आउन लागेको माओवादी केन्द्र रुपन्देही संयोजक निर्मल जीसीले जानकारी दिए । बुटवल ट्राफिकचोकमा हुने सम्मेलन दिउँसो १ बजेपछि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनलाई अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वसभामूख ओनसरी घर्तीमगर, सुरेश आलेमगरलगायतले सम्बोधन गर्ने मोर्चाका प्रवक्ता जीवन प्रवेश रोकामगरले बताए ।
सम्मेलनलाई सफल पार्न नेकपा (माओवादी केन्द्र) बुटवल उप–महानगरपालिकाअन्तर्गतका सम्पूर्ण वडा कमिटीलाई निर्देशन जारी गरिएको पार्टीको बुटवल उप–महानगर अध्यक्ष महेन्द्र भूषालले जानकारी दिए ।




