२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

स्ववियु निर्वाचन : केन्द्रीय क्याम्पस त्रिविमा नेविसंघका ६ जना बागी उम्मेदवार

स्ववियु निर्वाचन : केन्द्रीय क्याम्पस त्रिविमा नेविसंघका ६ जना बागी उम्मेदवार

स्ववियु निर्वाचन : केन्द्रीय क्याम्पस त्रिविमा नेविसंघका ६ जना बागी उम्मेदवार

स्ववियु निर्वाचन : केन्द्रीय क्याम्पस त्रिविमा नेविसंघका ६ जना बागी उम्मेदवार

स्ववियु निर्वाचन : केन्द्रीय क्याम्पस त्रिविमा नेविसंघका ६ जना बागी उम्मेदवार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  •  काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा असन्तुष्टी जनाउँदै केन्द्रीय क्याम्पस कीर्तिपुरमा ६ जनाले नेविसंघबाट बागी उम्मेदवारी दिएका छन् ।

    अनोज कार्की, पद्मा भुसाल, नरेन्द्र साउद, पदम दाहाल, सनम ओली, अक्कल रानाभाटले असन्तुष्टी जनाउँदै बागी उम्मेदवारी दिएका हुन् ।


    त्रिविमा उम्मेदवार बनाउँदा त्रिवि इकाई र केन्द्रबीच फाटो परेको छ । नेविसंघका त्रिवि इकाई सभापति विष्णु बडैलाले अनोज कार्कीलाई अध्यक्ष उम्मेदवार हुनेगरी निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको थिए ।

    त्रिवि स्ववियुका उपसभापति कार्कीले नेविसंघको तर्फबाट उम्मेदवारी दर्ता गरिसकेपछि केन्द्रले दीपकराज जोशीलाई उम्मेदवार बनायो । त्रिवि निर्वाचन समितिले कार्की र जोशीको आधिकारिकता खोज्यो ।


    जोशी संघको तर्फबाट आधिकारिक उम्मदेवार भएको निर्वाचन समितिलाई केन्द्रले जानकारी गराएको थियो ।

    जोशीलाई उम्मेदवार बनाएपछि संघको त्रिवि कार्यसमिति त्यसविरुद्ध उत्रिएको छ ।

    निर्वाचन समितिले निर्धारित समय भन्दा पछि जोशीको उम्मेदवारी मनोनयन गरेको भन्दै त्रिविको नेविसंघ तालाबन्दी सुरु गरेको छ ।

    स्ववियु केन्द्रीय परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा र संघको निर्देशक समिती संयोजकबाट निर्देशन बमोजिम कार्कीलाई उम्मेदवार बनाइएको बडैलाको दाबी छ ।

    निर्धारित समय ५ भन्दा पछि जोशीको उम्मेदवारी दर्ता गरिएकाले तालाबन्दी गर्नुपरेको बडैलाले विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij