२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रेसुङ्गा क्याम्पसको स्ववियुमा सबै पदमा निर्विरोध

रेसुङ्गा क्याम्पसको स्ववियुमा सबै पदमा निर्विरोध

रेसुङ्गा क्याम्पसको स्ववियुमा सबै पदमा निर्विरोध

रेसुङ्गा क्याम्पसको स्ववियुमा सबै पदमा निर्विरोध

रेसुङ्गा क्याम्पसको स्ववियुमा सबै पदमा निर्विरोध
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र २ २०८१
आइतवार, चैत्र २ २०८१
  • गुल्मी । तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को कमिटी नै निर्विरोध भएको छ ।

    स्ववियु सभापतिमा सुदीप खत्री निर्विरोध निर्वाचित भएका छन् । नेविसंघका खत्री नेतृत्वमा सबै पदमा निर्विरोध निर्वाचित भएको रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले बताए ।

    सचिवमा अनेरास्ववियुका निशान टण्डन, कोषाध्यक्षमा नेविसंघका विश्वास बञ्जाडे निर्विरोध निर्वाचित भएका छन् ।

    सदस्यहरुमा नेविसंघबाट अनिता पाण्डे, खुमबहादुर खत्री, अनेरास्व्वियु क्रन्तिकारीबाट सागर सुनार, अनेरास्ववियुबाट सन्तोष भण्डारी, नेविसंघबाट सुश्मा पन्थी निर्विरोध निर्वाचित भएका हुन् ।

    समानुपातिक तर्फ नेविसंघबाट सुशिल पन्थी र विशाल पाण्डे, अनेरास्वुवियुबाट अस्मिता सदा, विनिता कार्की र मुनाल अधिकारी, अनेरास्ववियु क्रान्तिकारीबाट प्रियांक पन्थी, र अमृता सुनार निर्विरोध निर्वाचित भएका छन् ।

    क्याम्पसमा क्रियाशील संगठनले तालमेल गरेर उम्मेदवारी दिएपछि सबै निर्विरोध निर्वाचित भएका हुन् ।क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित खत्री यसअघि सचिव थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij