बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी बुटवल वडा नं ११ को सभापतिमा सुनिल शाही सर्वसम्मत चयन भएका छन् । विगतमा नेपाली कांग्रेसमा आवद्ध शाही युवा व्यवसायी एवं सामाजिक क्षेत्रमा पनि क्रियाशील छन् ।
११ सदस्यीय वडा समितिको उपसभापतिमा सरोज खनाल,सचिवमा देवी पौडेल घर्ती मगर चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा लिलाधर जैसी,मन्जु नवाङ पाण्डे, दुर्गाबहादुर खनाल,रामचन्द्र तिवारी,सुनिता बानिया,हरिलाल भुसाल,झुमा खत्री,झुमा भट्टराई शर्मा चयन भएका छन् । रास्वपामा वडादेखि केन्द्रसम्म ११ सदस्यीय समिति हुने गर्छ ।
नव निर्वाचित वडा सभापति शाहीले बुटवलको ११ नम्बर वडा देशकै धेरै जनसंख्या र सुकुम्बासी समस्या भएकोे तथा बुटवलको निर्वाचनमा निर्णायक वडा भएकाले वडामा पार्टी संगठनलाई बलियो बनाउंदै २०८४ मा पार्टीलाई जिताउने गरी लाग्ने प्रतिवद्धता जनाए ।




