२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पूर्वविशिष्टलाई सुविधा : मन्त्रीको भूमिकामा सत्तापक्षकै सांसदको प्रश्न

पूर्वविशिष्टलाई सुविधा : मन्त्रीको भूमिकामा सत्तापक्षकै सांसदको प्रश्न

पूर्वविशिष्टलाई सुविधा : मन्त्रीको भूमिकामा सत्तापक्षकै सांसदको प्रश्न

पूर्वविशिष्टलाई सुविधा : मन्त्रीको भूमिकामा सत्तापक्षकै सांसदको प्रश्न

पूर्वविशिष्टलाई सुविधा : मन्त्रीको भूमिकामा सत्तापक्षकै सांसदको प्रश्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र २ २०८१
आइतवार, चैत्र २ २०८१
  • बुटवल । संघीय संसद्‌मा सत्तापक्षकै सांसदहरूले मन्त्रीको भूमिकामा गम्भीर प्रश्न उठाएका छन् । पूर्वविशिष्टलाई कानुन ल्याएर सुविधा बढाउन खोजेको भन्ने समान्य विषयमा समेत संसद्‌मा जवाफ दिन नसकेको भन्दै त्यस्ता मन्त्री हटाउन नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका हुन् ।

    “हिजो प्रकाशमानजीले पाल्पामा बोल्नुभएको छ, यो (पूर्वविशिष्टलाई सुविधा बनाउने कानुनको विधेयक ल्याउने तयारी) भइराखेको छैन भनेर । आएर त्यही भने भयो नि संसद्‌मा, संसद्‌मा उठेपछि रेस्पोन्स त गर्नुपर्छ, भन्नुपर्‍यो नि आएर,” केही आक्रोसित बनेका पन्तले भने, “कसरी बनेको, किन बनेको के कारणले बनेको, कुन अवस्थामा छ र सरकारको सोच के छ ? पटकपटक प्रश्न उठिसकेपछि जवाफ त दिनुपर्छ, मौन बस्न मिल्छ ?”

    उनले जनताको चासोलाई सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै त्यस्तो गर्न नसक्ने मन्त्रीहरू फेर्न सुझाव दिए ।“लोकतन्त्र भनेको जनभावनाअनुसार अगाडि बढ्ने हो । उहाँको क्याबिनेटले राम्ररी काम गर्न सकेको छैन भने यो प्रधानमन्त्री व्यवस्था हो, मन्त्रीहरू फेर्ने बेला आयो,” पन्तले भने । उनले त्यति भनेर सांसद मात्र हुँदा पनि सुविधा लिइरहेका प्रतिपक्षी सांसदहरूका विषयमा पनि प्रश्न उठाए ।

    “आज प्रश्न उठ्यो, सुविधा दिने विधेयक ल्याइँदैछ । प्रतिपक्षका सांसदहरू, जो आज सांसद मात्र हुनुहुन्छ तर, सुरक्षा गार्ड लिएर हिँड्नु हुन्छ,” पन्तले भने, “तपाईंहरू भन्दिनुस् न विधेयक आउँदैछ भन्ने कुरा साँचो हो कि होइन ?”

    पन्तले पूर्वविशिष्टको सुविधासम्बन्धी कानुनको मस्यौदा डेढ वर्षअघि नै कानुन मन्त्रालयले बनाएको भन्दै त्यसबेला कानुन मन्त्री को थियो भनेर पनि खोज्न आग्रह गरे । “अहिले सरकारबाट पावरमा हुनेहरूले अन्धाधुन्द सुविधा लिए भनेर प्रश्न उठाइँदैछ । सर्वोच्च अदालतले आदेश गर्‍यो कि– यो सुविधालाई जथाभावी नदेउ, कानुन बनाएर रेगुलेट गर, मापदण्ड बनाएर मात्र देउ भनेर,” पन्तले भने, “त्यो विधेयकको ड्राफ्ट कानुन मन्त्रालयमा ढेड वर्षदेखि चलिरहेको छ । यो सरकार आएको कति भयो ?”

    उनले यस्ता विषय सम्बन्धित मन्त्रीले दिनुपर्ने भन्दै अहिलेको मन्त्रीको पारा देखेर आफू छक्क परेको बताए । उनले पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखीराख्न जरुरी नभएको दोहोर्‍याएका थिए । “यो त मन्त्रीजीहरूले बोल्नुपर्ने । म पनि मन्त्रीजीहरूको पारा देखेर छक्क पर्छु,” पन्तले भने, “पर्फमेन्स दिननसक्ने मन्त्रीहरू राखीराख्न जरुरी छैन । प्रधानमन्त्रीज्यूले निश्चय पनि मूल्यांकन गर्नुभएको होला ।”

    उनले विगत १५ वर्षमा नेपालले हासिल गरेको उपलब्धि दक्षिण एसियाका कुनै मुलुकले हासिल नगरेको भन्दै गणतन्त्रमा टिप्पणी गर्नेहरूलाई तथ्य र तथ्यांक हेर्न सुझाव दिए । “जनताको असन्तुष्टिलाई ठिक ढंगले व्यवस्थापन गरौँ । हामीले पाएको उपलब्धिहरू दक्षिण एसियामा कही छैन यो १५ वर्षमा,” पन्तले भने, “तथ्यले भन्छ, तथ्यांकले भन्छ । आउनुस् न बहस गरौँ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij