२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

एक महिनापछि संसद्को लेखा समितिको बैठक आह्वान

एक महिनापछि संसद्को लेखा समितिको बैठक आह्वान

एक महिनापछि संसद्को लेखा समितिको बैठक आह्वान

एक महिनापछि संसद्को लेखा समितिको बैठक आह्वान

एक महिनापछि संसद्को लेखा समितिको बैठक आह्वान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र ३ २०८१
सोमवार, चैत्र ३ २०८१
  •  काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ । एक महिनापछि लेखा समितिको बैठक आह्वान भएको हो ।

    लेखा समितिले ‘बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा’ यही चैत ६ गते बिहान साढे १० बजेका लागि बैठक राखेको छ ।

    यसअघि लेखा समितिको बैठक गत फागुन ६ गते बसेको थियो । संसद्को लेखा समितको बैठकको प्रभावकारिताका सम्बन्धमा सरोकारवालाहरूले प्रश्न उठाइरहेका बेला बैठक आह्वान भएको हो ।

    यसअघि पनि लेखा समितिको बैठक वर्तमान सरकार बनेपछि सरदरमा एक महिनामा एक पटक बैठक बस्दै आएको छ ।

    लेखा समितिको अभिलेख अनुसार पछिल्लो ९ महिनामा लेखा समिति बैठक ९ पटक बसेको छ । असारमा एउटा पनि बैठक बसेन । साउनमा चारवटा बैठक बस्यो ।

    भदौ महिनामा एकपटक बैठक बस्यो । असोज, कात्तिक, मंसिर महिनामा लेखा समितिको बैठक एक पटक पनि बसेन ।

    पुसमा एउटा बैठक र माघमा दुइटा बैठक बसेको छ । फागुनमा एउटा बैठक बसेको थियो । चैत ६ गतेका लागि अर्को बैठक राखिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij