२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

६ वटा संसदीय समितिको बैठक बस्दै, स्वर्गद्वारी गुठी किसानबारे छलफल हुँदै

६ वटा संसदीय समितिको बैठक बस्दै, स्वर्गद्वारी गुठी किसानबारे छलफल हुँदै

६ वटा संसदीय समितिको बैठक बस्दै, स्वर्गद्वारी गुठी किसानबारे छलफल हुँदै

६ वटा संसदीय समितिको बैठक बस्दै, स्वर्गद्वारी गुठी किसानबारे छलफल हुँदै

६ वटा संसदीय समितिको बैठक बस्दै, स्वर्गद्वारी गुठी किसानबारे छलफल हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ४ २०८१
मंगलवार, चैत्र ४ २०८१

  • काठामाडौं । संघीय संसद् अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतका चार र राष्ट्रियसभा मातहतका दुईवटा समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । 

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहिन सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्यप्रगतिलगायत विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।  

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।  बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।  

    सार्वजनिक लेखा समितिको बैठकमा सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदनको प्रारम्भिक मस्यौदामा छलफल हुनेछ । उजुरी अध्ययनको विषय पनि छलफको कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्नेछ । 

    विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ । बिहान साढे ११ बजे बस्नेछ । 

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजै बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल हुनेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij