२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

दिल्लीमा आरजुले भेटिन् युक्रेनी विदेशमन्त्री, युक्रेनबाट ७ नेपालीलाई रिहा गरिदिन आग्रह

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ४ २०८१
मंगलवार, चैत्र ४ २०८१
  •  काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले युक्रेनको विदेशमन्त्री आन्द्रिई सिबिहासँग भेटवार्ता गरेकी छन् ।

    भारतको राजधानी नयाँ दिल्लीमा जारी राइसिना संवादमा सहभागिताका लागि आएका बेला सिबिहासँग परराष्ट्रमन्त्री देउवाले छुट्टै भेट गरेकी हुन् ।

    सामाजिक सञ्जाल फेसबुकमा उनले उल्लेख गरेअनुसार, भेटका क्रममा उनले युक्रेनी सेनाद्वारा युद्धबन्दीका रुपमा कब्जा गरिएका ७ जना नेपालीलाई रिहाइ गर्न आग्रह गरेकी छन् ।

    ‘उनीहरुको रिहाइ र स्वदेश फिर्तीको प्रक्रियालाई सहज बनाउन अनुरोध गरेँ’, उनले भनेकी छन्, ‘हामीले नेपाल–युक्रेन सम्बन्ध सुदृढ गर्ने सम्भावनाहरुबारे पनि छलफल गरेको छु ।’

    सोही अवसरमा नेपाल र युक्रेनबीच कुटनीति, अफिसियल र सेवा राहदानी वाहकहरुका लागि भिसा छुट सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको उनले भनेकी छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij