२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पाल्पा त्रिभुवन क्याम्पसमा करिब ६५ प्रतिशत मत खस्यो

पाल्पा त्रिभुवन क्याम्पसमा करिब ६५ प्रतिशत मत खस्यो

पाल्पा त्रिभुवन क्याम्पसमा करिब ६५ प्रतिशत मत खस्यो

पाल्पा त्रिभुवन क्याम्पसमा करिब ६५ प्रतिशत मत खस्यो

पाल्पा त्रिभुवन क्याम्पसमा करिब ६५ प्रतिशत मत खस्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ४ २०८१
मंगलवार, चैत्र ४ २०८१
  • पाल्पा ।  पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा शान्तिपूर्ण र उत्साहजनकरूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । विहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजे सकिएको हो ।

    हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६४ दशमलव ८३ प्रतिशत मतदान भएको देखिएको छ । यहाँ एक हजार ८ सय ९४ जना मतदाता विद्यार्थी रहेकोमा एक हजार २ सय २८ मत खसेको निवर्तमान क्याम्पस प्रमुख टंक भट्टराईले जानकारी दिए । 

    यहाँ १९ पदका लागि निर्वाचन भएको हो । १० पदमा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन हुनेछ । यस्तै ९ पदमा भने समानुपातिक मतबाट नेतृत्व चयन हुनेछ । प्रत्यक्षतर्फ अध्यक्ष, सचिव, कोषाध्यक्षसहित १० पदमा नेतृत्व निर्वाचित हुने छन् । यस्तै समानुपातिक उम्मेदवारका लागि सङ्गठनलाई मत दिनुपर्ने प्रावधान रहेको छ ।

    सङ्गठनले पाएको मतको आधारमा स्ववियुमा प्रतिनिधित्व हुने निर्वाचन प्रमुख जीवनबहादुर थापाले बताए । यहाँ ४ बुथबाट मतदानको काम भएको थियो । अब केही बेरमा मत गणना हुने जनाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij