२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

यज्ञोदयमा अनेरास्ववियु र अखिलको तालमेल तोड्दै नेविसंघका आदेश रानाको प्यानल नै विजयी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र ५ २०८१
बुधवार, चैत्र ५ २०८१
  • बुटवल | रुपन्देहीको यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघका आदेश राना नेतृत्वको प्यानल नै निर्वाचित भएको छ।

    राना ३१५ मत ल्याएर विजयी भएको क्याम्पसका निर्वाचन अधिकृत भिमप्रसाद सापकोटाले बताए । रानाको प्रतिस्पर्धी संयुक्त प्यानलका अन्जिता चौधरीले १४४ मत ल्याएर मात्र ल्याइन् । 

    आदेश रानाको प्यानलमा सचिव पदमा रम्भा थारूले ३०१ मत ल्याएर विजय भएका छन् भने संयुक्त प्यानलबाट सचिवमा अतुल मिश्र १५७  मत ल्याए  ।त्यसैगरी कोषाध्यक्षमा माधवकुमार कँडेल ३०३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी  हसिबुन निशाले १५० मत  ल्याए ।

    खुल्ला सदस्यमा  किसन थारू,सानिया चालिसे, सुरेन्द्र पाठक, कृष्ण बहादुर लोनिया, अनुराधा कुमारी हरिजन निर्वाचित भएको क्याम्पसले जनाएको छ । यस्तै समानुपातिकतर्फ नेविसंघले मत प्राप्त गर्दै ५ जना  सदस्य, अनेरास्ववियुले १४३ मत प्राप्त गर्दै २ जना सदस्य प्राप्त गरेको छ भने अखिल क्रान्तिकारीले १७ मत प्राप्त गरेको छ ।

    क्याम्पसमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी)तालमेल थियो भने नेविसंघ एकल प्रतिस्पर्धामा थियो ।क्याम्पसमा  ५५० जना विद्यार्थी रहेकोमा ४६७  जनाले मतदानमा भाग लिएका थिए भने ४ मत बदर भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij