२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

राष्ट्रिय सभाको बैठक बस्दै, अड्किएका विधेयक अघि बढाउँदै

राष्ट्रिय सभाको बैठक बस्दै, अड्किएका विधेयक अघि बढाउँदै

राष्ट्रिय सभाको बैठक बस्दै, अड्किएका विधेयक अघि बढाउँदै

राष्ट्रिय सभाको बैठक बस्दै, अड्किएका विधेयक अघि बढाउँदै

राष्ट्रिय सभाको बैठक बस्दै, अड्किएका विधेयक अघि बढाउँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र ७ २०८१
शुक्रवार, चैत्र ७ २०८१
  •  काठमाडौँ । राष्ट्रिय सभाको बैठक बस्दैछ । बिहान सवा ११ बजे बस्ने बैठकमा यसअघिको बैठकमा अड्किएका विधेयक अघि बढाउँदैछ ।

    यसअघि गत बुधबार दुई वटा बैठक तीन महले नभएका कारणले रोकिएको थियो ।

     

    ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ र ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको छ । यससम्बन्धी सन्देश गत बुधबार राष्ट्रिय सभामा टेबुल भएको छ ।

    बुधबार नै दुवै विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो । तर, तीन महले नभएका कारणले अगाडि बढ्न सकेको थिएन ।

    राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालका अनुसार राष्ट्रिय सभा नियमावलीमा विधेयकमा तीन महले हुनुपर्ने प्रावधान छ । यो प्रावधान अनुसार प्रस्तावित विधेयकमा तीन महले नआएको भनेर सांसदहरूले प्रश्न उठाएपछि दुवै विधेयक अगाडि बढ्न सकेका थिएनन् ।

    शुक्रबारसम्म दुवै विधेयकको तिन महले प्राप्त भएर सांसदहरूलाई वितरण गरिसकिएको राष्ट्रिय सभाको सचिवालयले जनाएको छ ।

    अब शुक्रबार दुवै विधेयकमाथि राष्ट्रिय सभामा छलफल अगाडि बढ्नेछ ।

    यसका अलावा राष्ट्रिय सभामा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्री प्रदीप यादवले उत्तर दिने कार्यक्रम छ ।

    सांसद मदन कुमारी शाह (गरिमा) ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij