२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कुलमान हटाउने निर्णय आपत्तिजनक छ, प्रतिरोध गरौँ- प्रचण्ड

कुलमान हटाउने निर्णय आपत्तिजनक छ, प्रतिरोध गरौँ- प्रचण्ड

कुलमान हटाउने निर्णय आपत्तिजनक छ, प्रतिरोध गरौँ- प्रचण्ड

कुलमान हटाउने निर्णय आपत्तिजनक छ, प्रतिरोध गरौँ- प्रचण्ड

कुलमान हटाउने निर्णय आपत्तिजनक छ, प्रतिरोध गरौँ- प्रचण्ड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ११ २०८१
मंगलवार, चैत्र ११ २०८१
  • बुटवल  ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले कुलमान घिसिङलाई हटाउने कदम गलत आपत्तिजनक रहेको बताएका छन् ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई हटाएपछि प्रचण्डले सामाजिक सञ्जालमा लेख्दै सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक रहेको बताएका हुन् । उनले दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गरेका छन् । 

    उनले भनेका छन्-    

    देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

    हाम्रो नेतृत्वको सरकारको योजना अनि उहाँको विज्ञता र क्षमताबाट उज्यालो नेपाल निर्माण गर्न सफलता मिलेको जन–जनमा जानकारी छ । प्राधिकरणको बाकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेकै कारणले कुलमान घिसिङलाई सरकारले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो । आज भने सरकारले मन्त्रीपरिषद् बैठकबाट उहाँलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट सार्बजनिक भएको छ । 

    आशा गरौं यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ । दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गर्दछु ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij