२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ११ २०८१
मंगलवार, चैत्र ११ २०८१
  • बुटवल । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।

    सोमबार राति सम्पन्न अधिवेशनबाट  पाण्डे सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । महासचिव हिरामान लामा दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् । 


    उपमहासचिवमा हरिबल्लभ नेपाल सर्वसम्मत हुँदा सचिवहरूमा विष्णु तारुके, प्रदीप आचार्य, विक्रम लुइँटेल र नरेश भण्डारी पनि सर्वसम्मत निर्वाचित भएका छन् । 

    संगठनमा वरिष्ठ नेताको हैसियत हुने गरी विश्वमणि सुवेदीलाई निवर्तमान अध्यक्ष पछिको स्थानमा राख्ने निर्णय हलले पारित गरेको छ । नेकपा एकीकृत समाजवादी निकट प्रेस संगठन नेपालको अध्यक्ष बनेका सुवेदी सिङ्गो टिम सहित केही समय अघि प्रेस चौतारी नेपालमा नै फर्किएका थिए । 

    केन्द्री समिति पदाधिकारी पछिको वर्यादमा रहने गरी शिवशक्ति आचार्य र निरकराज जोशीलाई सचिवालय सदस्य तोकिएको छ । बाँकी ५ सदस्य सचिवालय भने चयन गरिने कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य गणेश बस्नेतले जानकारी दिए । 

    ९९ सय सदस्सीय  केन्द्रीय समितिका सबै प्रदेशका इञ्चार्जको जिम्मेवारी पनि तोकिएको छ । जस अनुसार केन्द्रीय सदस्य नूतन श्रेष्ठलाई कोशी प्रदेश इन्चार्ज, अच्युत पौडेललाई मधेस प्रदेश प्रतिमा सिलवाललाई वाग्मती प्रदेश, गणेश पौडेललाई गण्डकी प्रदेश, टीकाबहादुर बस्नेतलाई लुम्बिनी प्रदेश, याम शर्मालाई कर्णाली प्रदेश, दिलबहादुर छन्त्याललाई सुदूरपश्चिम प्रदेश, हेमराज सिलवाललाई उपत्यका प्रदेश, एसिमा महतलाई प्रतिष्ठान प्रदेश र रघुनाथ सापकोटालाई एसोसिएसन प्रदेश इन्चार्ज तोकिएको छ । 

    महाधिवेशनले अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र नीति अनुसन्धान आयोगका पदाधिकारी र सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij