२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

शान्ति प्रक्रियालाई टुंग्याऔँ, श्रेय मलाई चाहिँदैन, जसले लिनुछ लिनूस्: प्रधानमन्त्री ओली

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र १३ २०८१
बिहिवार, चैत्र १३ २०८१
  • बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेय पाउने आशा छोडेर शान्ति प्रक्रियालाई टुंग्याउन सबै लाग्नुपर्ने बताएका छन् । 

    जवाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित संगठनले बिहीबार आयोजना गरेको संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियालाई श्रेय लिने विषय बनाउन नहुने बताएका हुन् । 

    'शान्ति प्रक्रियालाई श्रेय लिने विषय बनाउनु हुँदैन । यसलाई छिट्टै टुंगोमा पुर्‍याऔँ,' उनले भने, 'कसलाई श्रेय लिनुछ लिनूस् । मलाईचाहिँ श्रेय लिने भोक छैन ।' प्रधानमन्त्री ओलीले नेपालमा अब शान्ति हुन्छ र मान्छे पीडित हुनुपर्ने अवस्था आउँदैन भनेर संकल्प गर्नुपर्ने बताए ।

    ‘शान्ति प्रक्रिया टुंग्याउन  नसकिने भन्ने होइन । हामी सक्छौँ र सकिन्छ । म प्रधानमन्त्रीको हैसियतमा लागिरहेको छु,' उनले भने, 'ऐन पास पनि भएको छ । तर, यसलाई टुंग्याउन सकारात्मक वातावरण बनाउनुपर्छ ।’

    प्रधानमन्त्री ओलीले युद्धका कारण मान्छेहरूले धेरै पीडा भोगेको बताए । 'युद्धका कारण हजारौँ हजार जनताले दुःखपीडा भोगेका छन् । टुहुरा भएका छन् । अहिले पनि मल्हम लगाउनुको सट्टा राम्रो गरेका हौँ भन्दै हिँड्नु ठीक होइन,' उनले भने । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij