२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सुरू भयो समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन

सुरू भयो समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन

सुरू भयो समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन

सुरू भयो समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन

सुरू भयो समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र १४ २०८१
शुक्रवार, चैत्र १४ २०८१
  • बुटवल । समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन सुरू भएको छ। काठमाडौंको तीनकुनेमा राजावादीहरूले र भृकुटीमण्डपमा समाजवादी मोर्चाले विरोध सभा गर्दैछन्। राजावादीहरूले गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठाइरहेका बेला त्यसको प्रतिवादस्वरूप मोर्चाले प्रदर्शन गरेको जनाएको छ।

    समाजवादी मोर्चाको जुलुस कोटेश्वर,कुपण्डोल,कालिमाटीलगायतका स्थानबाट निस्केर  भृकुटिमण्डप पुगेर सभामा परिणत हुनेछ। यसैगरी राजतन्त्रवादीहरूले पनि विभिन्न स्थानबाट जुलुश प्रदर्शन गरिरहेको छ। राजतन्त्रवादीहरूको आन्दोलनको नेतृत्व राप्रपाका नेता दुर्गा प्रसाईंलाई दिइएको छ।  राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको कमाण्डरको जिम्मेवारी प्रसाईंलाई दिएको हो। 

    गणतन्त्रवादी र राजतन्त्रवादीले एकैदिन प्रदर्शन गर्ने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ।  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमाण्डमा तीन हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। तीनकुने-नयाँ बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयले नियमित ड्युटीमा खटिनेबाहेक सो संख्यामा प्रहरी परिचालन गर्न लागिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले बताएका छन्। उपत्यका प्रहरी कार्यालयले प्रदर्शनीमार्ग र तीनकुनेमा सादा पोशाकमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले सुरक्षा कमाण्डको नेतृत्व,तीनकुनेमा बानेश्वर, गौशाला वृत्तका डीएसपी,प्रदर्शनीमार्गमा जनसेवा, दरबारमार्ग र सिंहदरबार वृत्तका डीएसपी खटिने छन्।  अधिकांश स्थानमा ट्राफिक प्रहरीले चेकिङलाई कडा पारेका छन्। आजको प्रदर्शनलाई दुवै पक्षले शक्ति प्रदर्शन गर्ने जनाएका छन्। समाजवादी मोर्चाले एक लाख बढी मानिस उर्ताने जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij