काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलले अवरोध गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले कुलमान घिसिङ बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरेका हुन् ।
यस्तै सत्ता पक्षका सांसद संसद पनि जारी कारबाही अघि बढाउनुपर्ने भन्दै उठेका छन् ।
सत्ता पक्ष विपक्षीको मागको प्रतिवाद गर्दै सदनमा प्रस्तुत भएको हो। यससँगै बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।




