२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बिम्स्टेक सम्मेलनमा भाग लिन चेम्बर टोली थाइल्यान्ड प्रस्थान

बिम्स्टेक सम्मेलनमा भाग लिन चेम्बर टोली थाइल्यान्ड प्रस्थान

बिम्स्टेक सम्मेलनमा भाग लिन चेम्बर टोली थाइल्यान्ड प्रस्थान

बिम्स्टेक सम्मेलनमा भाग लिन चेम्बर टोली थाइल्यान्ड प्रस्थान

बिम्स्टेक सम्मेलनमा भाग लिन चेम्बर टोली थाइल्यान्ड प्रस्थान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र १८ २०८१
मंगलवार, चैत्र १८ २०८१
  •  काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) छैटौं शिखर सम्मेलनमा भाग लिन नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली प्रधानमन्त्री केपी शर्मा ओलीसँगै थाइल्यान्ड गएको छ ।

    निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै अध्यक्ष कमलेशकुमार अग्रवाल, चेम्बर सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा र मानार्थ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति अर्जुनप्रसाद शर्मा प्रधानमन्त्री ओलीसँगै आज थाइल्यान्ड प्रस्थान गरेका छन् ।

     

    थाइल्यान्ड भ्रमण क्रममा द्विपक्षीय व्यापार सहजीकरण, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि लगायत विषयमा समझदारी एवं सम्झौता हुने चेम्बरले जनाएको छ ।

    चेम्बर र टुरिज्म काउन्सिल अफ थाइल्यान्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा छुट्टै सम्झौताको तयारी समेत भएको छ ।

    चेम्बर पदाधिकारी टोलीले त्यहाँका प्रतिष्ठित व्यवसायीसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ ।

    थाइल्यान्डको निजी क्षेत्रसँग द्विपक्षीय व्यापार सहजकीरण, नेपालमा लगानी अभिवृद्धि जस्ता विषयमा छलफल गर्न लागिएको चेम्बर अध्यक्ष अग्रवालले बताए ।

    नेपाल र थाइल्यान्डका पर्यटकीय क्षेत्र पहिचान र प्रवर्द्धन गर्दै संयुक्त रूपमा बजार प्रवर्द्धनात्मक अभियान, नागरिक उड्डयन क्षेत्रमा संयुक्त सहकार्य, सम्पदा र संस्कृति आदान–प्रदान, व्यापार एवं लगानी अभिवृद्धिका लागि सहकार्य गर्ने चेम्बरको तयारी छ । चेम्बर पदाधिकारी टोली २२ चैतमा फर्किने तालिका छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij