२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

वनबाटिकाको अध्यक्ष उम्मेदवार पाण्डेका यस्ता छन्  प्रतिवद्धता

वनबाटिकाको अध्यक्ष उम्मेदवार पाण्डेका यस्ता छन्  प्रतिवद्धता

वनबाटिकाको अध्यक्ष उम्मेदवार पाण्डेका यस्ता छन्  प्रतिवद्धता

वनबाटिकाको अध्यक्ष उम्मेदवार पाण्डेका यस्ता छन्  प्रतिवद्धता

वनबाटिकाको अध्यक्ष उम्मेदवार पाण्डेका यस्ता छन्  प्रतिवद्धता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र १९ २०८१
बुधवार, चैत्र १९ २०८१
  • तिलोत्तमा । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) को चौथो अधिवेशन अन्तर्गत अध्यक्ष पदका उम्मेदवार खिमलाल पाण्डेले आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका छन् । पाण्डे हालका उपाध्यक्ष हुन् । 
    पाण्डेले बुधबार पत्रकार सम्मेलन गरी आफू निर्वाचित भएको खण्डमा गर्ने योजना सार्वजनिक गरेका हुन् । उनले वनवाटिकालाई राष्ट्रियस्तरकोे उद्यान बनाउने,नमूना चिडिया घर बनाउने, वहुउद्देश्यीय टावर सञ्चालनमा ल्याउने , बालमैत्री उद्यान बनाउने, सन्ध्याकालीन उद्यान बनाउने , जेष्ठ नागरिक मिलन केन्द्रको व्यवस्था,स्वीमिङ पूल निर्माण, पानी पोखरी बनाई बोटिङ सञ्चालन,संस्थापक अध्यक्ष बाबुराम अर्यालको उद्देश्य साकार पार्ने लगायत काम गर्ने घोषणा गरे । उनले आफू संस्था स्थापनादेखि १९ वर्षसम्म काम गरेकाले अहिले अध्यक्षमा उम्मेदवार बनेको बताए । 
    यसअघि मंगलबार इन्जिनियर किरण खरेल नेतृत्वको प्यानलले पनि अधिकांश यिनै विषय सहित २४ बुंदे प्रतिवद्धता सार्वजनिक गरेका थिए । वनवाटिकाको चैत २२ गते हुने अधिवेशनमा किरण खरेल नेतृत्वमा संयुक्त प्यानल र राष्ट्रिय जनमुक्ति पार्टीको छुट्टै प्यानलले उम्मेदवारी दर्ता गरेको छ । खिमलाल पाण्डेले भने प्यानल विना एक्लै उम्मेदवारी दिएका हुन् । माओवादी केन्द्रबाट बेलप्रसाद शर्माले उम्मेदवारी दर्ता गरेका थिए तर पछि फिर्ता लिए । माओवादी केन्द्रका सौरभ भुसालले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । सचिव पदमा एमाले–कांग्रेस गठबन्धनका किरण खरेल प्यानलबाट हरिकला अधिकारी (कमला)को उम्मेदवारी परेको छ भने  कांग्रेसकै विदुर केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  
    वार्षिक ३ करोड रुपैयांको कारोबार हुने वनवाटिकामा वार्षिक ५ लाख पर्यटक आउने गर्छन् । 
    (((((

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij