२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रवि लामिछानेलाई आज भैरहवा ल्याईदै

रवि लामिछानेलाई आज भैरहवा ल्याईदै

रवि लामिछानेलाई आज भैरहवा ल्याईदै

रवि लामिछानेलाई आज भैरहवा ल्याईदै

रवि लामिछानेलाई आज भैरहवा ल्याईदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, चैत्र २२ २०८१
शनिवार, चैत्र २२ २०८१
  •  

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज भैरहवा ल्याईदै छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार संगठित रूपमा सहकारी ठगी र संगठित अपराधको मुद्दामा थुनामा पठाउने आदेश ग‍रेपछि प्रहरीले शुक्रबार राति निवासबाटै पक्राउ गरेको हो।


    उनलाई शुक्रबार राति जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो। लामिछानेलाई अदालतमा उपस्थित गराउन शनिबार प्लेनमार्फत भैरहवा ल्याउने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ।


    गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले थुनामा पठाउने आदेश गरेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले बताए। 


    त्यस्तै, पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत रूपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने गरेको आदेश उच्च अदालतले सदर गरेको उनले बताए । गत माघ २८ गते जिल्ला अदालत रूपन्देहीका न्यायाधीश वशिष्टकुमार घिमिरेको एकल इजलासले थुनछेक बहसपछि कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि ठहरेबमोजिम हुने गरी अहिलेलाई उनलाई थुनामा पठाउने आदेश गरेको थियो । जोशीले आफू धरौटीमा रिहा हुनुपर्ने भन्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

    गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरण सभापति लामिछाने समेतलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । सहकारीको रकम अपचलन गरेको कसुरमा कुल ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।  ती ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कुल १ अर्ब ४३ करोड ८६ लाख २ हजार १ सय ३५ रुपैयाँ बिगो मागदाबी गरिएको छ । 


    त्यसपछि माघ १३ गते जिल्ला अदालत रूपन्देहीमा थुनछेक बहस सकिएपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । जिल्ला अदालत रूपन्देहीले धरौटीमा रिहा गर्ने आदेश गरेपछि प्रतिवादी लामिछानेलाई धरौटी नभएर थुनामा राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालय फागुन २२ गते उच्च अदालतमा पुगेको थियो ।

    फागुन २६ गते लामिछाने पनि जिल्ला अदालतको एक करोड धरौटीको आदेशको खारेजीको माग गर्दै उच्चमा निवेदन दिएका थिए ।

    ‘तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्नेमा जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेपछि जिल्लाको आदेश बदर गरी प्रतिवादीलाई थुनामा राख्न मागका साथ हामीले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थियौं’, जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले , ‘तत्काल प्राप्त प्रमाणको आधारमा मुद्दाका प्रतिवादी लामिछाने कसुरदार रहेको देखिने आदेशमा उल्लेख छ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij