२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रवि लामिछानेलाई भैरहवा ल्याईयो

रवि लामिछानेलाई भैरहवा ल्याईयो

रवि लामिछानेलाई भैरहवा ल्याईयो

रवि लामिछानेलाई भैरहवा ल्याईयो

रवि लामिछानेलाई भैरहवा ल्याईयो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, चैत्र २२ २०८१
शनिवार, चैत्र २२ २०८१
  • भैरहवा  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याईएको छ। शुक्रबार राती काठमाण्डौबाट पक्राउ परेका लामिछानेलाई यती एयरलाइन्सको विमानबाट भैरहवा ल्याइएको हो ।
    उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएकाे छ ।

     उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार संगठित रूपमा सहकारी ठगी र संगठित अपराधको मुद्दामा थुनामा पठाउने आदेश ग‍रेपछि प्रहरीले शुक्रबार राति निवासबाटै पक्राउ गरेको हो।

    उनलाई शुक्रबार राति जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो। लामिछानेलाई अदालतमा उपस्थित गराउन शनिबार प्लेनमार्फत भैरहवा ल्याइएकाे प्रहरी स्रोतले जनाएको छ।

    लामिछानेलाई रुपन्देही प्रहरी हिरासतमा  आज र भोलि  राखिने र सोमबार कार्यालय खुलेपछि प्रकृया पुराएर मात्रै कारागार पठाइने प्रहरीले जनाएको छ । 

    गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले थुनामा पठाउने आदेश गरेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले बताए। 

    गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरण सभापति लामिछाने समेतलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । सहकारीको रकम अपचलन गरेको कसुरमा कुल ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।  ती ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कुल १ अर्ब ४३ करोड ८६ लाख २ हजार १ सय ३५ रुपैयाँ बिगो मागदाबी गरिएको छ । त्यसपछि माघ १३ गते जिल्ला अदालत रूपन्देहीमा थुनछेक बहस सकिएपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । जिल्ला अदालत रूपन्देहीले धरौटीमा रिहा गर्ने आदेश गरेपछि प्रतिवादी लामिछानेलाई धरौटी नभएर थुनामा राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालय फागुन २२ गते उच्च अदालतमा पुगेको थियो ।

    फागुन २६ गते लामिछाने पनि जिल्ला अदालतको एक करोड धरौटीको आदेशको खारेजीको माग गर्दै उच्चमा निवेदन दिएका थिए ।

    ‘तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्नेमा जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेपछि जिल्लाको आदेश बदर गरी प्रतिवादीलाई थुनामा राख्न मागका साथ हामीले उच्च अदालतमा पुनरावेदन निवेदन दिएकाे जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले भने तत्काल प्राप्त प्रमाणको आधारमा मुद्दाका प्रतिवादी लामिछाने कसुरदार रहेको देखिने आदेशमा उल्लेख छ ।

    आदेशको सूचना समेत नदिई पक्राउ गरिएको र पक्राउ पूर्जी नदिइएको भन्दै रास्वपा नेता कार्यकर्ताले आलोचना गरेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij