२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्दै कांग्रेस

अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्दै कांग्रेस

अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्दै कांग्रेस

अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्दै कांग्रेस

अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्दै कांग्रेस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र ३० २०८१
आइतवार, चैत्र ३० २०८१
  • काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको केन्द्रीय नेतृत्व भंग गर्ने भएको छ । कांग्रेसले १३ भ्रातृ संस्थाहरूलाई यस वर्षको चैत महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो ।

    पार्टीले उपलब्ध गराएको समयसीमाभित्र ५ भ्रातृ संस्थाले महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । तदर्थ समिति रहेका सात भ्रातृ संस्थाले अधिवेशन गर्न सकेनन् भने ठाकुर संघमा तदर्थ समिति समेत छैन । प्रमुख भ्रातृ संस्थाका रुपमा परिचित नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउन सकेनन् । महाधिवेशन गर्न नसक्ने अन्य भ्रातृ संस्थाहरूमा किसान महासंघ, दलित संघ, तामाङ संघ र मगर संघ छन् ।

    कांग्रेसका एक पदाधिकारी अनुसार तदर्थ समितिमा रहेका सबै भ्रातृ संस्थाहरु भंग हुनेछन् । ‘अधिवेशन गराउने छाँटकाँट नै देखिएन । १र२ महिना थपौं भनेपनि प्रक्रिया नै सुरु गरेका छैनन्,’ उनले भने, ‘अहिले नेतृत्व गरि रहेकाहरूको कार्यसमिति भंग नगरी पार्टीसँग अर्को विकल्प नै छैन ।’

    भ्रातृ संस्थाहरुमा नयाँ समिति कुन विधिबाट ल्याउने बारे पार्टी बैठक बसेर मात्रै निर्णयमा पुगिने उनले बताए ।

    यसबीचमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक अपाङ संघ, भूतपूर्व सैनिक संघ, प्रजातान्त्रिक सेनानी संघ र मुस्लिम संघले अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेका छन् ।

    लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्तिमगर, लोकतान्त्रिक अपाङमा संघमा माधव चम्लगाईं, भूतपूर्व सैनिक संघमा गर्जबहादुर गुरुङ, प्रजातान्त्रिक सेनानी संघमा बालकृष्ण दाहाल र मुस्लिम संघमा अताबुल मन्सुरीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ ।

    लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र लोकतान्त्रिक अपाङ संघले पहिलोपटक महाधिवेशन गरेका हुन् ।

    नेविसंघमा दुजाङ शेर्पा, तरुण दलका विद्धान गुरुङ, महिला संघमा उषा राउत मिश्र, किसान महासंघमा गणेश तिमिल्सिना र दलित संघमा लोकबहादुर विश्वकर्मा तदर्थ समितिका सभापति छन् ।

    नेविसंघ ७५२, तरुण दल ४०१, महिला संघ ५३, किसान महासंघ ४६ सदस्यीय तदर्थ समिति छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij