२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ २४ २०८१
आइतवार, आषाढ २४ २०८१
  • काठमाडाैं | नयाँ गठबन्धनका सहयात्री दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा मागेका छन् ।

    कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आइतवार संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन् ।

    ‘मुख्यमन्त्री पदबाट राजीनामा दिई अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्न यसै प्रेस विज्ञप्तिमार्फत मुख्यमन्त्री सोडारीलाई अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाजबाहेक अन्य कुनै पनि कार्य सम्पादन नगर्न र नगराउनसमेत आग्रह गर्दछौं ।’

    नेकपा (एकीकृत समाजवादी)का नेता सोडारी असार २० गते एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका छन् । उनी एमाले, नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

    यही असार १७ गते मध्यराति केन्द्रमा कांग्रेस र एमालेले सत्ता सहकार्यको सहमति गरेपछि त्यसको असर प्रदेशमा पनि परिरहेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij