२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

भैरहवामा मर्निङवाकमा भेटिए प्रचण्ड, यस्ता छन कार्यक्रम

भैरहवामा मर्निङवाकमा भेटिए प्रचण्ड, यस्ता छन कार्यक्रम

भैरहवामा मर्निङवाकमा भेटिए प्रचण्ड, यस्ता छन कार्यक्रम

भैरहवामा मर्निङवाकमा भेटिए प्रचण्ड, यस्ता छन कार्यक्रम

भैरहवामा मर्निङवाकमा भेटिए प्रचण्ड, यस्ता छन कार्यक्रम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • बुटवल । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

    माओवादी केन्द्रले सञ्चालन गरिररहेको जनतासँग माओवादी तराई-मधेश हुलाकी मार्ग अभियानअन्तर्गत प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू बुधबार साँझ रुपन्देहीमा आइपुगेका हुन् ।


    अध्यक्ष प्रचण्ड बिहान साढे ५ देखि ८ : ३० बजेसम्म भैरहवाको मिलनचोकदेखि बुद्धचोकसम्म मर्निङ वाक र जनसंवादमा सहभागी भएका छन् ।


    यस्तै बिहान ९ बजे पत्रकार सम्मेलन, १० बजे युवा, विद्यार्थी र वाइसिएललाई प्रशिक्षण, ११ देखि १२ बजेसम्म बुद्धिजीवी, व्यवसायी र नागरिक समाजसँग अन्तरक्रिया तथा १२ बजे शहीद परिवारसँग भेटघाट र सामूहिक भोजन गर्ने कार्यक्रम तय भएको पार्टीका रुपन्देही संयोजक नारायाण जिसी (निर्मल)ले जानकारी दिए ।


    आज दिउँसो २ बजे मर्चवारको मझगावामा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउँसो ४ बजे जनतासँग माओवादी तराई-मधेश हुलाकी मार्ग अभियानको जिम्मा कपिलवस्तु जिल्ला समितिलाई हस्तान्तरण गर्ने जिल्ला संयोजक जिसीले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij