२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

विकासका उपलब्धिहरू संघीयताको परिणाम हुन् : मुख्यमन्त्री आचार्य

विकासका उपलब्धिहरू संघीयताको परिणाम हुन् : मुख्यमन्त्री आचार्य

विकासका उपलब्धिहरू संघीयताको परिणाम हुन् : मुख्यमन्त्री आचार्य

विकासका उपलब्धिहरू संघीयताको परिणाम हुन् : मुख्यमन्त्री आचार्य

विकासका उपलब्धिहरू संघीयताको परिणाम हुन् : मुख्यमन्त्री आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता लागू भएपछि विकासको गतिले फड्को मारेको र यसलाई उपलब्धिको रूपमा लिनुपर्ने बताएका छन । 

    रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था पाल्पाको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले संघीयता लागू भएपछि प्राप्त भएका उपलब्धिहरूलाई नजरअन्दाज गर्न नहुने बताए ।

    `संघीयता लागू भएपछि के भयो ? उपलब्धिहरूको चर्चा गर्न जरुरी छ । सडक कालोपत्रे गाउँ छिरेको २०७४ सालपछि हो । प्रदेश स्थापना भएदेखिका उपलब्धिलाई हेरौँ” उनले भने, `२०७४ सालअघि के थियो, त्यसपछि के भयो तुलना गरौँ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतमा भएका उपलब्धिलाई हेर्न जरुरी छ ।´

    स्वास्थ्यतर्फ लुम्बिनीले भौतिक पूर्वाधार विकासमा प्रगति गरेको र अब सेवाको प्रभावकारिताका लागि ध्यान दिने उनले बताए ।  `अस्पतालहरू बनेका छन् । अब सेवालाई बढाउन जरुरी छ´उनले भने -`सेवा प्रवाहलाई चुस्त बनाउने योजना प्रदेश सरकारसँग छ ।´ महत्त्वपूर्ण र उपलब्धि देखिने योजनाहरूलाई बहुवर्षीय योजनामा समावेश गर्दै सरकार अघि बढ्ने उनले स्पष्ट पारे ।

    मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा शुद्ध खानेपानीको पहुँच सबै नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता दोहोर्याउँदै ‘एक घर एक धारा’ अभियानकै कारण १५ लाख घरधुरीमा खानेपानीको धारा पुगेको जानकारी दिए ।  अधुरा रहेका खानेपानीका योजनाहरू पूरा गर्दै प्रदेशका सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउने योजना रहेको उल्लेख गरे ।

    त्यस्तै, मुख्यमन्त्री आचार्यले सामाजिक संघ संस्थामा राजनीतिक विचारको लडाइँ आवश्यक नरहेको स्पष्ट पारे । `संघसंस्थामा कुनै जुंगाको लडाइँ लड्नु छैन । राजनीतिक गन्ध नआउनेगरी सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न जरुरी छ´ उनले भने `जनताको निम्ति, सेवाको भावना भएका व्यक्तिलाई नेतृत्वमा पठाउन प्रेरित गर्न जरुरी छ ।´

    कासका लागि एउटै पार्टी बन्न आवश्यक रहेको धारणा पनि उहाँले राख्नुभयो । `विकासका निम्ति तपाईंहरू एउटै पार्टी बन्नुस् । कुनै पनि संघसंस्थामा पार्टीको विचार बोकेर, जुंगाको लडाइँ लडेर जानुपर्छ भन्ने छैन´ उहाँले भन्नुभयो, `विकासको ठाउँमा तपाईंहरू एक ठाउँमा उभिन सक्नुपर्छ । जहाँ विकासको नाममा एक ठाउँमा उभिन सक्नु भएको छ, त्यहाँ विकासले फड्को मारेको छ ।´

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij