२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रचण्ड भन्छन्– राजावादीको होहल्ला असफल भयो

प्रचण्ड भन्छन्– राजावादीको होहल्ला असफल भयो

प्रचण्ड भन्छन्– राजावादीको होहल्ला असफल भयो

प्रचण्ड भन्छन्– राजावादीको होहल्ला असफल भयो

प्रचण्ड भन्छन्– राजावादीको होहल्ला असफल भयो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, बैशाख १३ २०८२
शनिवार, बैशाख १३ २०८२
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीको होहल्ला र रणनीति पूर्ण रूपमा असफल भइसकेको बताएका छन् । शनिबार (वैशाख १३) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चैत १५ गतेपछि राजावादीको होहल्ला र रणनीति पूर्ण रूपमा असफल भइसकेको र गणतन्त्रवादी सफल भएको जिकिर गरे ।

    “राजावादीहरूको अब कहीँ पनि, उनीहरूले भन्ने गरेको, उनीहरूले गर्ने गरेको होहल्ला र रणनीति पूर्णतः भनेजस्तै गरी असफल भइसकेको छ,” उनले भने, “अरूहरूले पनि भन्न थालेका छन्– असफल भयो । त्यो भनेको नेपाली जनता सफल भयो ।” 

    आउने दिनमा पनि वितण्डा मच्चिन सक्ने उनले आशंका व्यक्त गरे । प्रतिगामीलाई खबरदारी गर्ने जिम्मेवारी सबैको भएकामा उनले जोड दिए ।

    अध्यक्ष प्रचण्डले यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रका विरुद्ध प्रचार संयन्त्रमार्फत लड्नुपर्ने बताए ।

    विद्यालयका लाखौँ शिक्षक निरन्तर आन्दोलनमा रहँदा पनि सरकारको नेतृत्व गैरजिम्मेवार ढंगले प्रस्तुत भएको उनले आरोप लगाए ।

    उनले आफू प्रधानमन्त्री हुँदा शिक्षक, सहकारी र लघुवित्तपीडितका जायज माग सम्बोधन गर्ने पहल गरेको जिकिर गरे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij