२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

’वाइसीएल माओवादीको शक्ति हो ’

’वाइसीएल माओवादीको शक्ति हो ’

’वाइसीएल माओवादीको शक्ति हो ’

’वाइसीएल माओवादीको शक्ति हो ’

’वाइसीएल माओवादीको शक्ति हो ’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • बुटवल।  वाइसीएल नेपाल बुटवल उपमहानगरपालिका समितिको आयोजनामा युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्रको भातृ संगठन वाइसीएल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले माओवादी प्रती पछिल्लो समय जनलहर बढेको दाबी गरेका थिए।

    कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुपन्देही जिल्ला अध्यक्ष निर्मल जिसिले माओवादी प्रती आम जनताको नजर सकारात्मक रहदै आएको बताउदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तराइ मधेश जनजागरण सहितको पदयात्राले पार्टिप्रती आकर्षण बढिरहेको दाबी गरे।

    वाईसीएल नेपालका केन्द्रिय सचिव माधव बस्नेतले वाईसीएल माओवादीको मात्रै नभइ देशकै युवा शक्ति रहेको दाबी गरे।उनले बिचमा केही समय आराम गरेपनी अहिले सकृय बनेको बताए ।

    कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द लुम्बिनी प्रदेस कमिटी सदस्य तथा पूर्व प्रदेस सभा सदस्य दिपा बिकले वाईसीएल माओवादीको शक्ति रहेको बताउदै युवाहरुलाई राजनीति प्रती टिकाईराख्न आवश्यक रहेकोमा जोड दिइन। वाईसीएल नेपाल बुटवल नगर कमिटी अध्यक्ष श्रीजन थापाले बाईसिएल माओबादीको योद्धा रहेको बताउँदै सामाजिक क्रियाशिलताका कार्यहरु गदैृ अगाडि बढ्ने उल्लेख गरेका थिए ।

    कार्यक्रममा नेपाल कम्पनिष्ट पार्टी माओवादी केन्द्रका बुटवल उप महानगर पालिका इन्चार्ज पुस्पराज ढकाल (श्रितीज) ,नेपाल कम्पनिष्ट पार्टी माओवादी केन्द्रका बुटवल उप महानगर नगर अध्यक्ष महेन्द्र भुसाल, वाईसीएल रुपन्देही सचिव प्रकाश थापा, वरिष्ठ उपाध्यक्ष रबि खड्का,नवनियुक्त सचिव लक्ष्मण बञ्जाडे लगायतले बोलेका थिए। सो अवसरमा बिभिन्न कारणले रिक्त भएको वाईसिएलका कार्यसमिति मनोनित समेत गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij